७ वैशाख २०८१ शुक्रबार
समाज

दाङमा एकैदिन १५ जनामा कोरोना संक्रमण

दाङमा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू घोराही उपमहानगरपालिकाका सात जना पुरुषहरू छन्। यसैगरी लमहीका आठ जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

यो संगै दाङका परिक्षण गरिएका कुल संख्या मध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौं र धुलिखेल अस्पताल काभ्रेमा एक/एक जना दंगालीमा कोरोना संक्रमण पुष्टि भैइसकेको छ । यि मध्ये तुलसीपुरका एकजना भने कोरोना जितेर घर फर्किसकेका छन् ।  

बुधवार भेटिएका सबैको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । यसैविच वुधवार प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा रुकुमका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७७ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App