८ वैशाख २०८१ शनिबार
समाज

सरकारी स्वास्थ्य संस्थामा पोषणविद नराखेको गुनासो

सरकारले नीति अनुसार सरकारी स्वास्थ्य संस्था,महामारी नियन्त्रण अभियानमा पोषणविदलाई समावेश नगरेको गुनासो  नेपाल डाइटिसियन संघको छ। संघले हालै पे्रस विज्ञप्ति जारी गरी यस्तो गुनासो गरेको हो।  

नेपालमा पाँच वर्ष अघि आएको भूकम्प महामारीको बेला पोषणविदले कुपोषण नियन्त्रण गर्नमा उल्लेख्य भूमिका खेलेको जनाउँदै हाल फैलिरहेको कोरोना प्रकोपमा सरकारले पोषणविदहरुलाई सहभागी संघको गुनासो छ। ‘कुनै पनि खोप नवनिसकेको अवस्थामा कोरोना विरुद्ध लड्ने उपाय भनेको स्वस्थ आहार रहेको संघले जनाएको छ,तर सरकारले यो अभियानमा कुनै पनि पोषणविदलाई सहभागी गरेको छैन’ विज्ञप्तिमा उल्लेख छ।  

त्यसै गरी संघले प्रधानमन्त्री केपी ओली शर्माले कोरोना नियन्त्रण राख्नमा स्वस्थ तथा सन्तुलित भोजनको भूमिका हुने उल्लेख गरेको कुराले यो अभियानमा पोषणविदको भूमिका प्रष्ट हुने जनाएको छ।  

त्यसै गरी सरकारको २०५५ देखि यता बनेका स्वास्थ्य नियमावलीमा प्रत्येक स्वास्थ्य संस्थामा पोषणविद तथा आहारविद रहने कुरा उल्लेख गरेपनि देशमा रहेका स्वास्थ्य संस्थाहरुमा पोषणविदहरुको पुर्ति नगरेको कारण अस्पतालमा उपचारका लागि दरवन्दी नगरेको कारण नसर्ने रोग बढिरहेको वेला नेपाली जनताहरु उचित पोषणको जानकारी पाउनवाट बंचित रहेको जनाएको छ। साथै हाल नेपालमा ३ सयको संख्यामा रहेका पोषण तथा आहारविद समेत वेरोजगार अवस्थामा रहेको जनाएको छ।

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App