१ श्रावण २०७७ बिहीबार
कला

जग्गी बासुदेवको जीवन जिउने अनौठो काइदा

तस्बिर साैजन्य: सदगुरूको ट्वीटर।

मान्छेको बुद्धि त केवल चतु-याइँ हो, जुन जिन्दगी चलाउन उपयुक्त छ। तर, असली बुद्धिमत्ता चाहिँ जीवनको स्रोत हो। यसले जीवन जिउन सिकाउँछ भन्ने सदगुरु, जग्गी बासुदेवको धारणा छ। उनी आम मानिसलाई प्रश्न गर्छन्, बच्चा विनाकारण हाँस्न सक्छ, उ खुसी रहन सक्छ। के युवा अवस्थामा कोही परम आनन्दमा रहन सक्छ?

गतबर्षको श्रावणमा नेपाल हुँदै कैलास मानसरोवरको यात्राको क्रममा  भदौ ४ गते काठमाडौं आएका सदगुरु, जग्गी बासुदेवले  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालका नेतालाई भेटेर नेपाल एउटा सुन्दर देश भएको बताए। सन् २०१७ मा भारत सरकारको पद्यविभूषण पुरस्कारबाट सम्मानित उनी एक आधुनिक गुरुका नाममा प्रख्यात छन्।  

इनर इन्जिरिनयरिङ पुस्तकमा उनी लेख्छन्, वर्तमान नै एक यस्तो ठाउँ हो। जहाँ हामी रहेका छौ। हामी जीवित छौ त यै पलमा छौ। त्यसैले वर्तमानमा जिउन सिक्नु नै जीवन हो। साथै एक समय एउटै काममा लगाव लगाउनु नै जीवन पद्धती हो।

सदगुरु जग्गी बासुदेव अध्यात्मको संसारमा आफ्नै एक विशिष्ठ स्थान राख्दछन्। यिनको जीवनमा गम्भिरता र व्यवहारिकताको एउटा मिलनबिन्दु रहेको पाइन्छ। आफ्नै कामबाट यिनले योगाको एक गहन समकालिन विद्याको दर्शन गरेका छन्। जग्गी बासुदेव मानवअधिकार, सामाजिक व्यवस्था, धर्म र पकृतीका बारेमा आफ्नै वैश्विक विचार राख्दछन्।

उनका अनुसार जब मानिसले मलाई थाहा छैन, भन्दछ, तब उसको जीवनमा केही जान्ने सम्भावना राख्दछ। यदि कसैले आफूले नजानेको कुरालाई समेत म जान्दछु भन्छ भने उसमा समस्या छ भनेर बुझ्नु पर्दछ।

जब मानिसले मलाई थाहा छैन, भन्दछ, तब उसको जीवनमा केही जान्ने सम्भावना राख्दछ। यदि कसैले आफूले नजानेको कुरालाई समेत म जान्दछु भन्छ भने उसमा समस्या छ भनेर बुझ्नु पर्दछ।

जग्गी बासुदेव अर्थात् सदगुरु तमिलनाडुको एक आध्यात्मिक संस्था इशा फाउन्डेसनको संस्थापक हुन्। यो संस्थाको स्थापना सन् १९९२ मा भएको हो। यस संस्थामा करिब २० लाख स्यमंसेवक छन्। ईशा फाउन्डेशन योग, पर्यावरण र सामाजिक कार्यमा सक्रिय छ। यसले संयुक्त राष्ट्र संघको सामाजिक परिषद्को सल्लाहकारको जिम्मेवारी पनि पाएको छ।  

५ सेप्टेम्वर १९५७ मा कर्नाटकको मैसूर शहरको एक चिकित्सक परिवारमा जग्गी बासुदेवको जन्म भएको हो।  

बालक जग्गी प्रकृतीसंग अत्यन्तै प्रेम गर्दथे। स्कुल जीवनमा उनी कयौ दिन गायव हुन्थे। जंगलमा कयौं दिन बसेर फर्कदाँ उनको झोलामा सर्पहरु हुन्थे। उनी आनायसै  जंगलको स्वस्थ हावामा गहिरो ध्यानमा बस्तथे। तेह्र बर्षको उमेर हुँदादेखिनै उनले योगगुरु राघवेंद्र राव(मल्लदिहल्ली स्वामी)को मार्गदर्शनमा प्राणायाम र आसन लगाएतमा योग सिक्न सुरु गरेका थिए। उनले ध्यान र योग अभ्यासलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन्। सदगुरुको विभिन्न भाषामा सय भन्दा बढी पुस्तक प्रकाशित भएका छन्।

२५ बर्षको उमेरमा जग्गीलाई एक गहन तथा बिचित्रको आत्मअनुभुती हुन लाग्यो। यसै बखत एक दिन यिनी चांमुडी पहाड चढे र त्याहाँको एक चट्टानमा ध्यानमा बसे। उनको आँखा खुल्ला थियो अचानक उनले आफू आफ्नो शरीरको अनुभवबाट बाहिर निक्लेको महसुस गरे। उनलाई आफ्नो शरीरमा आफू नभएको र आफू हरेक चट्चान, रुख, पानी र पृथ्वीमा भएको महसुस गरे। उनले इनर इन्जीरिनयरिङ पुस्तकमा लेखेका छन् जब मलाई होस आयो,,, मलाई दश मिनेट निदाए जस्तो भएको थियो तर मेरो घडीको सुइले साझँ परेको बताइरहेको थियो। मलाई ध्यानमा रहदाँ चारपाँच घण्टा बितेको पत्तै भएन छ।

उनी ध्यानबाट होसमा आउँदा साँझ परिसकेको थियो। यस्तो अनुभव उनले पटक–पटक लिए। उनले तीन–चार दिनसम्म नखाने, नसुत्ने योग अभ्यास पनि गरे। यो अनुभूतिको प्रभावले उनको जिवन जिउने तरिकामा परिर्वतन गरे। उनले आफ्नो पुरा जिवन आफूले अनुभव गरेका अनुभूतिहरु बाड्दै बिताउने प्रण गरे। यसैको सुरुवात स्वरुप उनले अन्य साथीहरुको सहकार्यमा ईशा फाउन्डेशनको स्थापना गरे।

सद्गुरु इनर इन्जीरिनयरिङ पुस्तकमा लेख्छन्– रेष्टुरेन्टबाट निस्कने मान्छेको चेहेरा मन्दिरबाट निस्कने मानिसकोभन्दा ज्यादा प्रसन्न देखिन्छ। यो अनुभवले मलाई हैरान बनाउँछ। विश्वविद्यालयको पढाई पुरा गरेपछि मैले दक्षिण भारतबाट मोटर साइकल यात्रा सुरु गरेर पुरै देश घुमे, यसैक्रममा जब म नेपाल–भारत सिमानामा पुगे तब मलाई थाहा भयो कि मसँग मोटरसाइकलको रजिस्ट्रेशन, ड्राइभिङ लाइसेन्स र अन्य कागजपत्र थिएन?

आमाले मलाई शिक्षकतर्फ ध्यान दिनु र पढाएको सुन्नु भन्नुभयो। मैले त्यसै गरेँ। तर, शिक्षकले मैले उनलाई एकटक हेरेको देखेर कि तिमी देवता हो कि सैतान हो भने। उनले फेरि थपे तिमी सैतान नै हो।

 

उनी लेख्छन्, हामी जती कल्पना गर्न सक्छौ त्यो शरीरको परिस्थिती हो। योग शरीरको पुननिर्माण गर्ने तरिका हो। यसले शरीरका विभिन्न माग पुरा गर्न सक्दछ। मानिसको शरीर हाड मासुको टुक्रा मात्र हैन यो सृष्टिको स्रोत हो।  

हामी आफ्नो अंगहरुको शारीरिक संरचना कसरी पुर्नगठित गर्न सक्छौ भन्ने हो। योग र साधनाले नै पलपल मेरो शरीरको हरेक कोशिका परम आनन्दले विभोर भएको उनको अनुभव रहेको छ।  

सद्गुरु शब्द कुनै ओहोदाको पद होइन, यो त एक सम्मान हो। जिन्दगीको अध्यारो क्षणलाई उज्यालोतर्फ लैजाने तौरतरिका नै गुरु शब्दको अर्थ हो।  जब कोही मानिसले कुनै न कुनै विषयमा ज्ञान वा विद्वत्ता प्राप्त गर्दछन् तब समाजले उनीहरूलाईे विभिन्न नामहरू दिन्छन्।  

मानिसको अस्थित्वलाई प्रकृतीसँग परिचय गराउन सक्नु नै गुरु बन्नु हो।

यदि केही मानिस कुनै शास्त्रको ज्ञानको खोजमा लाग्छ भने, यो उपयुक्त स्थान नहुँन सक्छ। तर प्रकृतिबाट केही जान्न खोज्दछ भने यो उचित स्थान हो।

योग शरीरलाई पुननिर्माण गर्ने एउटा सहज तरिका हो। मानिसको शरीर हाड र मासुको टुक्रा मात्र हैन सृष्टिको स्रोत पनि हो। म सामान्य योग अंगमर्दन गर्दछु। यो शारीरीक योगको एक प्रणाली हो। यसले मासंपेशी, हात र खुट्टा मजबुध बनाउँछ।

उनी लेख्छन्, स्कुल जिवनमा मलाई जसले पढायो उनीहरुलाई नै आफ्नो जिन्दगीको मतलव नभएको मैले अनुभव गरे।

आमाले मलाई शिक्षकतर्फ ध्यान दिनु र पढाएको सुन्नु भन्नुभयो। मैले त्यसै गरेँ। तर, शिक्षकले मैले उनलाई एकटक हेरेको देखेर कि तिमी देवता हो कि सैतान हो भने। उनले फेरि थपे तिमी सैतान नै हो।

म घोर संकाशील थिए। मेरा प्रश्न सुनेर, मैले हरेक कुरालाई हेरेको देखेर सबैले मलाइ पागल भन्थे। मलाई पनि म केही जान्दिन जस्तो लाग्थ्यो।

भाषा मानिसहरुले रचेको एउटा प्रकृया हो। कोही बोलिरहेको देख्दा मलाई उसले केवल आवाज निकालिरहेको छ र मैले मैले अर्थ निकालिरहेको छु जस्तो लाग्छ। तर मैले त्यो आवाजको अर्थ निकाल्न छोडिदिएँ तव मलाई त्यो आवाज हास्यादपद बन्न गयो।

उनी लेख्छन् मैले आजसम्म केही खोज्न र पाउँन कोशिश गरिनँ, केवल हरेक चिजलाई गहिरिएर हेर्छु मात्र। म यही कुरा उरुलाई सिकाउँने प्रयास गर्छु।  

उनी इनर इन्जीरिनयरिङ पुस्तकमा लेख्छन्, जबजव मलाई अध्यात्म वा योगाभ्यास हुन्छ। त्यो समय म जाग्राम भएर कयाैं घण्टा बिताउँछु। एक समय त म १३ दिनसम्म जाग्राम भएको छुँ। मानिसहरु बालापनको बारेमा चर्चा गर्छन् किनकी बच्चाहरु यत्तीकै हास्छन्, खुसी हुन सक्छन्। तर, मेरो अनुभवमा वयस्क जिवनमा पनि परमानंद अनुभव लिन सकिन्छ। हरेक मानिसले यस्तो गर्न सक्दछन्। किनकी हामी जे अनुभव गर्छौ त्यो हाम्रो भित्री शरीरमा घटित हुन्छ।  

उनका अनुसार योग शरीरलाई पुननिर्माण गर्ने एउटा सहज तरिका हो। मानिसको शरीर हाड र मासुको टुक्रा मात्र हैन सृष्टिको स्रोत पनि हो। म सामान्य योग अंगमर्दन गर्दछु। यो शारीरीक योगको एक प्रणाली हो। यसले मासंपेशी, हात र खुट्टा मजबुध बनाउँछ।

योगको अनुभव असीमित हुन्छ। यसले हरेक समस्यालाई अनेक कोणबाट हेर्न सिकाउँछ। जिवनको महत्व सिकाउँछ। चाहे तपाई गलत तरिकाले योग गर्नुस त्यसले पनि शरीरलाई पुननिर्माण गर्छ।

प्रकाशित: १४ जेष्ठ २०७७ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App