७ वैशाख २०८१ शुक्रबार
समाज

सीमाबाट नागरिक ल्याउँदै गोरखाका स्थानीय तह

उद्वारका लागि संयुक्त कोष

गोरखाका स्थानीय तहले भारतीय सीमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सु? गरेका छन्। लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि यहाँका स्थानीय तहले उद्वार थालेका हुन्।  

‘सोमवार २७ जना मानिसलाई सीमाबाट उद्वार गरेर ल्याएका छौँ’ गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले भने ‘जिल्ला ल्याएपछि संम्बन्धित गाउँपालिकाको क्वरेन्टिनमा पठायौँ।’ स्थानीय तहले आफ्ना नागरिकको उद्वारका लागि संयुक्त कोष समेत खडा गरेका छन्। स्थानीय तहका प्रमुख सहितको सरोकावालाह?को बैठकले अलपत्र परेका नागरिकको उद्वारका लागि एक÷एक लाख जम्मा गरेर कोष खडा गर्ने सहमति गरेका छन्। ‘कोषमा रकम जम्मा गर्ने र उद्वारका लागि उक्त रकम खर्च गर्ने सहमती भएको छ’ नगरप्रमुख पन्तले भने। उक्त कोष गोरखा नगरपालिकाको संयोजनमा परिचालन गरिने सहमति स्थानीय तहले गरेका छन्।

आफुखुसी आएकाह?लाई गोरखा प्रवेशको मूख्य नाका गोरखा नगरपालिकाको मझुवा देउरालीमा रोकेर क्वारेन्टिनमा पठाउने गरिएको छ। क्वारेन्टिनमा रहेकाह?को कोरोना परीक्षण गरेर मात्रै घर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए। क्वारेन्टिनमा बसेर घर फर्किएकाह?लाई एक साता ‘होम क्वारेन्टिन’ मा बस्न भनिएको छ। बैशाख २५ देखि जेठ १३ सम्म ५८ जना मानिस भारतबाट गोरखा आएका छन्। सिमावर्ती जिल्लाका प्रशासन कार्यालयबाट यहाँ रहेका नागरिकको बिवरण आउने गरेको, उनीह?को पहिचान गरेर स्थानीय तहको समन्वयमा संयुक्त उद्वार गरेर ल्याईने अधिकृत रोकाले बताए।

प्रकाशित: १४ जेष्ठ २०७७ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App