coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना कोषमा काँग्रेसको दुई लाख

तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले दुई लाख रुपैयाँ सहयोग गरेको छ। जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम काँग्रेस भानु नगर समितिले मङ्गलबार भानु नगरपालिकालाई दुई लाख एक हजार १३ रुपैयाँ सहयोग गरेको हो।

भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गरेका छन्। उक्त रकममध्ये ३० हजार रुपैयाँ नेपाली काँग्रेस जिल्ला समितिले उपलब्ध गराएको हो भने बाँकी एक लाख ७१ हजार १३ रुपैयाँ नगर समितिले शुभेच्छुकहरुबाट सङ्कलन गरेको हो। नेपाली काँग्रेस सुखदुःखमा सधैँ जनताको साथमा रहेको भन्दै आचार्यले स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले कोरोना नियन्त्रण गर्ने अभियानमा नेपाली काँग्रेसको तर्फबाट गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। नगरपालिकाले खडा गरेको कोरोना कोषमा सहयोग गर्न सङ्घसंस्था तथा व्यक्तिलाई नगरप्रमुख गौलीले आह्वान गरे। जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ। काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले विभिन्न स्थानीय तहमा सहयोग गरिरहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७७ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App