५ वैशाख २०८१ बुधबार
समाज

महाराजगंज नगरपालिकाले बनायो २ सय बेडको आइसोलेसन सेन्टर

कपिलवस्तुको महाराजगंज नगरपालिकाले जिल्ला कै सबै भन्दा बढी २ सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । जिल्ला र पालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि पालिकाले रामजानकी उमाबिमा २ सय बेडको सेन्टर निर्माण गरेको हो ।  

प्रदेश सदस्य दीर्घनारायण पाण्डेय र मेयर अब्दुल कलाम खाले सेन्टरकोे संयक्त उद्घाटन गरे । मंगलबार साँझसम्म १ सय ७० बेड निर्माण गरी सकेको र बाँकी ३० बेड एक दुई दिन मै निर्माण हुने मेयर अब्दुल कलाम खाले बताए ।  

आइसोलेसन सेन्टर अभावले एक साता अघि पालिकामा भेटिएका ८ जना संक्रमितलाई लबनी लगिएको थियो । त्यसमध्ये ४ जनालाई फिर्ता ल्याएर सेन्टरमा राखिएको कलामले बताए । मेयर कलामले आफ्नो पालिकामा जिल्लाको सबै भन्दा बढी क्वारेन्टिनमा मान्छे रहेको र कोरोना संक्रमित समेत बढी फेला पर्न सक्ने भन्दै सेन्टर निर्माण गरिएको बताए ।  

सेन्टरमा बस्ने संक्रमितलाई रामो उपचार र ब्यवस्थित बसाईका लागि उचित प्रबन्ध गरिएको उनले बताए । महाराजगंज प्राथमिक उपचार सेवा केन्द्रसंग समन्वय समेत गरिएको उनले बताए ।

महाराजगंजमा ९ जना संक्रमति भेटिएका छन् । जिल्लामा अब आइसोलेसन सेन्टरको अब कमि नहुने प्रजिअ दीर्घनारायण पौडेलले बताए । जिल्लाको मायादेबी, सुद्धोदन, बिजयनगर गाउँपालिका आइसोलेसन सेन्टर संचालनमा आईसकेको र अन्य पालिकाले समेत एक दुई दिन भित्रै निर्माण गर्ने उनले बताए ।  

जिल्लामा १ सय ९ संक्रमित भेटिएका छन् । त्यसमध्ये ११ जना निको भई घर फर्किसकेका छन् । 

प्रकाशित: १३ जेष्ठ २०७७ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App