१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटका दुई नगरपालिकामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका दुई नगरपालिकामा निषेधाज्ञा जारी गर्दै दुवैलाई सिल गरेको छ। कोरोना संक्रमणले अत्यधिक प्रभावित तथा सबैभन्दा बढी संख्यामा क्वारेन्टाइनमा रहेका जिल्लाका ईशनाथ र राजपुर नगरपालिकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

सम्पूर्ण आवागमन तथा व्यापारिक गतिविधिलाई दुई नगरपाालिकामा अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको प्रजिअ घिमिरेले बताए।

जिल्लाको अन्य भागमा सर्वासधारणको चहलपहल बढेको भन्दै स्थानीयले लकडाउनलाई कडा बनाउन माग गरेका छन्। प्रजिअ घिमिरेले तत्कालको लागि दुई नगरपालिकालाई सिल गर्दै निषेधाज्ञा जारी गरिएको स्पष्ट पारेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७७ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App