७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिम तराईमा सुख्खा हावा चल्दा अत्याधिक गर्मी

तापक्रमको पारो उकालो लागेसँगै पश्चिम तराईमा अत्याधिक गर्मी बढेको छ । आईतबार देखि दिन प्रतिदिन बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजिवन प्रभावित बनेको छ । यसको प्रत्यक्ष प्रभाव सर्बसाधरणमा परेको छ । लकडाउनका कारण दिउँसोमा पसल खुल्ने हुनाले सर्वसाधारणले अत्याधिक गर्मी महसुस गरेका छन् । अधिकांश पश्चिम तराईका जिल्लामा सामान किन्नका लागि स्थानीय प्रशासनले दिउसका ११ बजे देखि ३ सम्म पसल खुल्छ । त्यतिबेला बजारमा  भिँडभाड बढ्ने गरेको छ ।

लकडाउन र चर्को गर्मीका कारण अत्याश्वयक काम बाहेक घर बाहिर निस्कने अवस्था छैन । सडकमा हिँडडुल गर्नेले कस्तो गर्मी, वाह गर्मी उफ गर्मी सुस्केरा हाल्दै हिडिरहेका भेटिन्छन् । अत्याधिक गर्मी बढेको बेद प्रकाश गुप्ताले बताए । ‘तीन देखि अत्याधिक गर्मी भएको छ किन होला,’उनले प्रतिप्रश्न गरे ।

मौसम पूर्वानुमान शाखाले पश्चिम तराईमा सबैभन्दा बढि तापक्रम भैरहवा मापन गरेको छ । कैलाालीको धनगढी  र बाँकेको नेपालगंजमा अधिकतम तापक्रम ४१.५ मापन शाखाको वेवसाईटमा देखाएको छ ।  

सुख्खा हावा भएकाले गर्मी महसुस भएको मौसम पूर्वानुमान शाखाका मौसमविद् राजु प्रधानले बताए । ‘खुला आकाशमा बादल छैन,’ उनले भने, ‘तापक्रम बढिरहेको छ। हावामा पानीको मात्रा अति न्यून छ।’ शुक्रबार देखि  बदली हुने हुदा तापक्रम घट्ने उनले बताए ।  

उनका अनुसार जेठ दोस्रो साता  तापक्रम झर्नेछ । देशभर एकसाथ प्रि–मनसुन सक्रिय नहुँदासम्म तापक्रम बढ्ने क्रम नरोकिने पूर्वाअनुमान शाखाले जनाएको छ।उनका अनुसार पूर्वी तराईमा बदलि भएकाले तापक्रम कम मापन भएको छ । श्रीलंका,बंगलादेश,म्यानमार,भुटान हुदै मनसुन भित्रने प्रक्रिया भएपनि श्रीलकांमा अझै मनसुन प्रबेश नगरेको उनले जानकारी दिए ।

‘मौसमको तौरतरिका बदलिइरहेको छ,’ उनले भने, ‘पानी नपर्दा तापक्रम बढ्दै जाने हो।’ उनका अनुसार मनसुन प्रणाली देशभरि एकसाथ सुरु हुनुपर्नेमा मनसुनले तौरतरिकामा केही वर्षअघिदेखि बदलेको देखिन्छ। यतिखेर पहाडी क्षेत्रमा समेत तापक्रमको प्रभाव परेको उनको भनाई छ । चर्को गर्मीका कारण अत्यावश्यक काममा निस्कने पैदलयात्रीले गगल्स र छाता प्रयोग गर्न बाध्य छन्। घरमा बसे पनि झ्यालढोका नखोल्ने, अनावश्यक रूपमा बाहिर नहिँड्ने, बाहिर निस्कँदा कालो चस्माको प्रयोग गर्ने र छाताको सहयोगमा गर्मी छल्ने गरेको पाइएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App