१५ चैत्र २०८० बिहीबार
समाज

भारतबाट आउने नागरिकलाई पिसिआर गरेर मात्र घर ल्याउन आग्रह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट नेपाल भित्रिने स्थानीयलाई सिमानामै पिसिआर परिक्षणपछि मात्र गाउँ ल्याउने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतबाट जथाभावी भित्रिने नेपालीबाट संक्रमण भित्रिने खतरा बढेको भन्दै समितिको मंगलबार बसेको १३ औं बैठकले उनीहरुलाई नेपाल–भारत सिमानामै होल्ड गरेर क्वारेन्टीनमा राख्ने र पिसिआर परिक्षण गरेपछि मात्र घर ल्याउने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । 

परिक्षणकाक्रममा पिसिआर रिपोर्ट नेगेटिभ देखिएका व्यक्तिलाई सम्वन्धित पालिकामा ल्याउने तर पोजिटिभ रिपोर्ट देखिएका व्यक्तीलाई सम्वन्धित अस्पतालमा पु¥याएर उपचारको व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।  

उनीहरुलाई नेपाल–भारत सिमानाकै क्वारेन्टाइनमा राख्ने, पिसिआर परिक्षण गर्ने, उपचारको व्यवस्था गर्ने, घर ल्याउने लगायतका खर्च सम्वन्धित पालिकाले बोहेर्ने तथा थप सहयोगका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ । भारतबाट भित्रिने व्यक्तीको संख्या अनुशार उनीहरुलाई राख्ने क्वारेन्टीनको व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरिएको छ ।  

‘गाउँमै रोजगारी सिर्जना गर’  

समितिले भारत लगायतका मुलुकबाट रोजगार गुमाएर घर फर्कने नेपालीलाई गाउँमा व्यवस्थापनका लागि तयारी थाल्न स्थानीय सरकारलाई आग्रह गरेको छ । रोजगार गुमाएर आएका नागरिकका लागि गाउँमै रोजगारीको वाताबरण सिर्जना गर्नुपर्ने अवस्था आएकाले त्यसको तयारीका लागि अध्ययन थाल्न आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक चाम्लिङले बताए । 

यसका लागि जेठ २० गतेभित्र विदेशबाट फर्कने नागरिकको संख्या, उनीहरुलाई दिन सकिने रोजगार, स्थानीय श्रोत साधन तथा खनिज श्रोतको पहिचान गर्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, हाल भइरहेका बिकास निर्माणका काम, थप गर्न सकिने बिकासका सम्भावित कार्य, कृषियोग्य जमिन, खाली जमिन, उत्पादन गर्न सकिने सम्भावना, कृषि, पशुपालन, फलफुल खेती, नगदेबालीको अवस्था, सम्भाव्यता बोेकेका आयमुलक व्यवसाय लगायतका बारेमा अध्ययन गर्न आग्रह गरिएको छ ।  

पिसिआर भिटिएम समानुपातिक वितरण गरिने  

बैठकले जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको र बाँकी रहेको पिसिआर भिटिएम मापदण्ड, आवश्यकता र प्राथमिकताका आधारमा जिल्लाका १० वटै पालिकालाई उपलव्ध गराउने निर्णय गरिएको छ । संक्रमित क्षेत्रलाई प्राथमिकता दिएर भिटिएम उपलव्ध गराउने, यसका लागि जनस्वास्थ्य कार्यालयले सबै पालिकाबाट तथ्यांक संकलन गर्ने, पिसिआर टेष्टका लागि स्वाव ल्यावमा पु¥याउनेक्रममा लाग्ने यातायात लगायतको व्यवस्थापन सम्वन्धित स्थानीय तहमार्फत गराउने निर्णय गरिएको चाम्लिङले बताए ।  

यस्तै, रेडक्रसको स १ च १३३५ नम्बरको टाटा सुमो एम्बुलेन्स मर्मतका लागि रेडक्रसको केन्द्रीय कार्यालयलाई आग्रह गर्ने, सबै पालिकाको एम्बूलेन्स दुरुस्त हालतमा राख्ने र एम्बूलेन्स नभएको अवस्थामा एम्बूलेन्सकोरुपमा अन्य सवारी साधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । दिक्तेलबजार ढलानकाक्रममा सवारी आवागमन ठप्प भएकाले रेडक्रस सोसाइटी नजिकको सडक मर्मतका लागि नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।  

प्रकाशित: १३ जेष्ठ २०७७ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App