७ वैशाख २०८१ शुक्रबार
समाज

जिल्ला अस्पतालको आइसोलेसन र जनरल कक्ष सिल

बर्दिया जिल्ला अस्पतालको आइसोलेसन र जनरल कक्ष मंलबारदेखि सिल गरिएको छ । अस्पतालमा उपचार क्रममा रहेका गुलरिया नगरपालिका १ का १८ वर्षिय कोरोना संक्रमित पुष्टि भएपछि आइसोलेसन कक्ष सिल गरिएको हो ।  

आइसोलेसन र जनरल कक्षको शौचालय एउटै भएकाले सिल गरिएको बर्दिया जिल्ला अस्पतालका प्रमुख डा.सुभाष पान्डेले बताए । ‘संक्रमितसँग घुलमिल भएका २० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा गएका छन्’ उनले भने, ‘क्वारेन्टिनमा बस्ने दुई जना डाक्टर पनि हुनुहुन्छ ।’ संबेदनशिलतालाई बुझेर अस्पतालका दुई वटा कक्ष सिल गरिएको र दुई जना सुरक्षाकर्मीलाई क्वारेन्टिन राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App