६ वैशाख २०८१ बिहीबार
समाज

एकल महिलालाई करणी गरेको आरोपमा पक्राउ

मध्यरातमा एकल महिलालाई जवरजस्ती करणी गरेको आरोपमा म्याग्दीमा एकजना पक्राउ परेका छन् । गएको आइतबार राति करिब १२ बजे घरमा सुतिरहेकी ५१ वर्षिया वृद्धालाई करणी गर्ने रघुगंगा गाउँपालिका–३ पिप्लेका ४० वर्षिया क्षेत्रबहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा एक्लै रहेकी महिलालाई घरको पछाडीबाट बार्तली हुँदै कोठामा प्रवेश गरेर करणी गरेको महिलाले बताएकी छन् । करणीमा संलग्न चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।  

‘राति घरभित्र प्रवेश गरेको पुष्टी भएको छ,‘ थप अनुसन्धान भइरहेको छ’ प्रनाउ कुँवरले भने । बलात्कारको प्रयास गरे पनि प्रतिकारको प्रयास गर्दा मार्ने धम्की आएको पीडित महिलाले बताइएकी छन् । राति घरबाट बाहिर गएका चन्दले करणी बारेमा जानकारी गराएमा मार्ने चेतावनी दिए पनि विहानै महिलाले घटना बारेमा आफन्तलाई बताएकी थिईन् ।

पीडितको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिएको चन्दले घरभित्र प्रवेश गरेको स्वीकार गरेका छन् । उनीविरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।  

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App