८ वैशाख २०८१ शनिबार
समाज

परीक्षणमा ढिलाई गरिदा क्वारेन्टिनबाट भागे ४३ जना

१४ दिन बसे पनि परीक्षणमा ढिलाई गरिदा क्वारेन्टिनमा बसेकाहरू भाग्ने थालेका छन्। यसैक्रममा कपिलवस्तु नगरपालिका–४ स्थित सुन्दर प्राविको क्वारेन्टिनबाट सोमबार साँझ ४३ जना भागेका छन्।  

एक साता अघि जिल्लाको यशोधरा गाउँपालिका–८ खोरियाबाट २५ जना र वडा नम्बर ६ रगपुरस्थित क्वारेन्टिनबाट ११ जना भागेका थिए । पछि प्रहरीले उनीहरुलाई खाजेर ल्याएको थियो । भारतको बिभिन्न शहरबाट लकडाउनका बेला घर फर्किनेक्रमा क्वारेन्टिनमा रहेका ४३ जना सोमबार साँझ फरार भएको वडाध्यक्ष रबिन्द्र तिवारीले बताए । क्वारेन्टिनमा बसेका १४ दिन बढी भई सक्दा पनि परीक्ष्ण नगरिएपछि आक्रोसित बनेका उनीहरू आफ्नै घर गएको तिवारीले बताए ।  

मालपारका गाउँले अनुसार क्वारेन्टिन भित्रै मदिरा सेवन गरि दुई समूहबीच भनाभन भएपछि क्वारेन्टिनबाट छाडेर भागेको थिए क्वारेन्टिनमा प्रहरी समेत नभएपछि उनीहरू सजिलै भागेका थिए ।  

क्वारेन्टिनमा मालपारा, गोपालपुर, विरपुर लगायतका गाउँका स्थानीयलाई राखिएको छ । मालमाराका तीन जनाले मदिरा सेवन गरी होहल्ला र झगडा गर्न खोजेपछि उनीहरु क्यारेन्टिन छाडेर गएको तिवारीले बताए । क्वारेन्टिनमा बसेकालाई नगरपालिकाले बस्ने ब्यवस्थापन गरेपनि खानाको प्रबन्ध नगरेकाले आफ्नै घरबाट खाना लिएर परिवारले खुवाउने गरेका छन् । खाना कपडा घरघरबाट ल्याउने लैजाने गर्दा असुरक्षा र जोखिम बढेको स्थानीयको गुनासो छ ।  

क्वारेन्टिन व्यवस्थीत नहुदा कपिलवस्तुका क्वारेन्टिनबाट पटक पटक मानिसहरु भाग्ने गरेका छन् । क्वारेन्टिनबाट मान्छे भागेको कुरा बाहिर आएपछि सुन्दर प्राबिमा प्रहरी पुगको छ । भागेका मध्ये धेरै सम्पर्कमा आईसकेको र ५ जना आउन बाँकी रहेको बताए । उनले क्वारेन्टिनमा बसेकाहरुको यथाशी्र परीक्षण गरिनु पर्ने माग गरे । जिल्लामा ६ हजार बढी क्वारेन्टिन छन् । शनिबार बिहानसम्म ८५ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App