१५ चैत्र २०८० बिहीबार
समाज

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ। सोमबार राति साढे नौ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ४ नयाँ ठिमी चोकमा काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको बा ४ ख ४७०१ नं को टिफर र पछिपछिसंगै आउदै गरेको बा ४ ख ४३१८ नं. को टिफरहरु एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडि बढ्दै जाँदा इलाका प्रहरी कार्यालय रुकुमकोट पुर्वी रुकुम दरबन्दी भई हाल महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रहेका घर्ती घाइते भएका थिए।

उल्लेखित गाडीहरुले ठक्कर दिई गम्भीर घाइते भएकोमा सोही एरियामा गस्तीमा रहेका प्रहरी नायब उपरीक्षक ऋषिराम कडेलको टोली तत्कालै पुगी घाइतेलाई उपचारार्थ मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार गराई टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागी नर्भिक अस्पताल थापाथली लगी उपचार हुँदाहुदै मंगलबार विहान उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटना गराउने दुबै सवारी साधन दुबै चालकलाई नियन्त्रणमा लिई निजहरुको स्वास्थ्य परीक्षण गराउदा बा ४ ख ४३१८ नं.को टिफर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाइएको परिसरका सूचना अधिकारी दीपक गिरीले जनाए। पानी परी सडक भिजेको अवस्थामा लापरवाही तरिकाले तीब्र गतिमा सवारी साधन चलाएकोले गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न बुझिन आएको बुझिएको जनाइएको छ। 

घटनापछि बा ४ ख ४७०१ नं को टिफर चालक धादिङ थाक्रे गाउपालिका ८ बस्ने बर्ष ४० को राजेन्द्र प्याकुरेल र बा ४ ख ४३१८ नं.को टिफर चालक भक्तपुर भक्तपुर नगरपालिका.३ बस्ने बर्ष ४४ को राकेश सैँजु दुवै प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७७ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App