७ वैशाख २०८१ शुक्रबार
समाज

पम्प मजदुरहरुको कोरोना परीक्षण गर्न माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायी र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुर, चालक तथा सहचालकको कोरोना परीक्षणको बन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ। जेठ ९ र १२ गते बसेको एसोसिएसनको भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैकठको निर्णयअनुसार अतिआवश्यक वस्तुको कारोबार गर्नुपर्ने र त्यस क्रममा विभिन्न व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्ने भएकोले पीसीआर प्रविधिबाट स्वाब परीक्षणको व्यवस्था मिलाउन नेपाल आयल निगम लिमिटेडसँंग माग राखेको हो।  

सोमबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशकसक्षम मागपत्र प्रस्तुत गरी उक्त माग गरेको हो। मागपत्रमा अहिले लकडाउनको अवस्थामा पम्पमा बस्ने कर्मचारीलाई तलब नै भुक्तानी गर्न नसकेको कारण यो अवधिसम्मको तलब नियमको तर्फबाट बन्दोवस्त गरिदिनलगायत आठवटा मागहरु रहेका छन्। मागपत्रको बोधार्थ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिवलाई पनि पठाइको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App