७ वैशाख २०८१ शुक्रबार
समाज

बोझिनी ड्याम भाडामा नदिन चेतावनी

नेपाली कांग्रेस र राप्रपा संयुक्तले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बोझिनी ड्याम र सामुदायिक वन निजी कम्पनीलाई भाडा नदिन चेतावनी दिएका छन्। दुवै पार्टीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी ड्याम र वन भाडामा दिने भन्ने विषयमा दुवै पार्टीको वडा समितिले आपत्ति जनाएका हुन्।  

चाँगुनारायण नगरपालिकाको सुडाल र वागीश्वरीमा अवस्थित वन क्षेत्र र ड्याम निजी कम्पनीलाई भाडामा दिने भन्ने विषय अनुचित भएको उनीहरूको भनाइ छ। केही व्यक्तिको निजी स्वार्थ तथा पैसाका निम्ति स्थानीय स्रोतसाधनलाई निजीकरण गरी स्थानीय क्षेत्रका किसानले प्रयोग गरी आएको सिँचाइ र खानेपानीको मूल नै बेचबिखन गर्न निजी कम्पनीसँग सम्झौता नै गरेको भन्ने विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन्। 

यस विषयमा सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी दोषी उपर कारबाही गर्नुपर्ने उनीहरूको माग छ। चाँगुनारायण नगरपालिका–८ को कार्यालयले भाडामा दिन लागेको बताइएको छ। पर्यटकीय आकर्षणको केन्द्र ड्याममा पाँचतारे होटेल बनाउन भाडामा दिन लागेको बताइएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७७ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App