coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

संक्रमितको सम्पर्कमा आएका ४६ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

जिल्ला न्यायाधिस, प्रमुख जिल्ला अधिकारी, डिएसपी, जिल्ला अस्पतालका चिकित्सक लगायतका रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका– २ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

हिरासतमै रहेका युवक कोरोना संक्रमित देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका ६८ जनको स्वाब संकलन गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरिएको हो । ती युवक वैशाख १५ गतेदेखि हिरासतमा रहेकाले प्रहरीको स्वाब संकलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । 

प्रकाशित: १२ जेष्ठ २०७७ १४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App