coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परीक्षणको दायरा बढाएसँगै संक्रमित बढ्दै

संक्रमितको संख्या ७ पुग्यो

नेपाल भारतको खुला सीमासँग जोडिएको बर्दियामा परीक्षणको दायरा बढेसँगै कोराना संक्रमितको संख्या बढेको छ । दुई साता भित्रमा गुलरिया नगरपालिकामा ४, बासगढी नगरपालिकामा १, राजापुर नगरपालिकामा १ र बढैयाताल गाउँपालिकामा १ जना गरी जम्मा सात जनामा कोरोना पुष्टि भएको छ ।

एक हजार एक सय ७० जनाको स्वाब परीक्षणको रिपोर्ट मध्ये अझै सय बढिको रिपोर्ट आउँन बाँकी रहेको छ । संक्रमित मध्ये अहिले सम्म दुई जनाको दाङ र एक जनाको बाँकेको खजुरामा उपचार भईरहेको छ । खुला सीमानामा बेरोकटोक भईरहेको आवागमन संक्रमितको संख्या बढने अनुमान गरेसँगै ह्वात्तै संख्या बढेको हो ।

पछिल्लो समय प्रदेश नंं.मा ५ मा पर्ने बाँके, रुपन्देही र कपिलवस्तुमा संक्रमित बढेपछि न्यून संख्यामा बर्दियामा स्वाबको नमुना परीक्षण भएको थियो ।

किट अभावमा अन्य जिल्लाको तुलनामा परीक्षणको कम रेकर्ड छ  । १ हजार १ सय ७० जनाको स्वाबको नमुना परीक्षणका लागि पठाईएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।    

‘यँहा अन्य जिल्लाको तुलनात्मक रुपमा कम संक्रमति भेटिएका छन्,’उनले भने,‘भिटिआर अभावमा पनि परीक्षण दायरा फराकिलो भएको छैन ।’ जिल्लाबाट परीक्षणका लागि पठाईएको सबै स्वावको रिपोर्ट नआएको उनले जानकारी दिए ।

अधिकांश संक्रमित भारतबाट आएर क्वारिन्टनमा बसेको स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले बताए । ‘भारतबाट आएकाकै स्वाब लिएर परीक्षणको लागि पठाईरहेका छौ’ उनले भने, ‘त्यसकारण पनि क्वारेन्टिनमा बसेका संक्रमित देखिएका हुन्।’

राजापुर नगरपालिका–५ को ११ वर्षीय बालिकामा देखिएको कोरोना संक्रमण आफन्त घरबाट सरेको भेटिएको छ । अन्य भने भारतबाट आएकाको पुष्टि भएको उनले जानकारी दिए । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका गुलरियाका नगरपालिका तीन जना संक्रमित मध्येका गुलरिया नगरपालिका १ का १८ वर्षिय कोरोना संक्रमित यूवक तीन दिन अघि देखि बर्दिया जिल्ला अस्पतालमा उपचारको क्रममा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रेश विज्ञप्तीमा प्रदेश नं. ५ मा २ सय ९२ जनामा कोरोना पुष्टि भएको छ ।

डिस्चार्ज बिरामी सख्या ३५ जना छन् भने आइसोलेसनमा २ सय ५६ जनाको उपचार भईरहेको छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App