६ वैशाख २०८१ बिहीबार
समाज

कोरोनाले मृत्यु भएको पुष्टि भएपछि मृत्यकको गाउँ सिल

जेठ ४ गते नै दाहसंस्कार गरिएका मृत्यकमा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि बारा प्रहरीले उनको गाउँलाई सोमबार देखि सिल गरेको छ।दाहसंस्कार गरिएको आठ दिन पछि सोमबार १२ गते आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछि उनी बस्ने गाउँलाई सिल गरिएको हो।

कोरोना भाइरसबाट मृत्यु भएको कारणले मृत्यक अन्दाजी ७० बर्षिय बृद्धको बस्ने गाउँ करैयामाई गाउँपालिका–७ उम्जनलाई सिल गरिएको बारा प्रहरीले जनाएको छ।

जेठ २ गते उच्च ज्वरो आएपछि मृत्यक परिवारका सदस्यहरुले उनलाई एम्बुलेन्स मार्फत वीरगन्ज स्थित नेशनल मेडिकल कलेज लगेका थिए । उपचारका लागि भर्ना गरिएकै दिन मृत्यकका स्वाब परीक्षणका लागि नेशनल मेडिकल कलेजले संकलन गरेको थियो।

आईसीयूमा उपचाररत रहेका उनलाई कलेज जेठ ४ गते मृत घोषित गरेको परिवारका सदस्यहरूले जनाएका छन्। उपचारकै क्रममा बृद्धको मृत्यु भए पछि अस्पतालले त्यही दिन परिवारलाई शव जिम्मा लगाएको थियो।

शव जिम्मा पाए पछि एम्बुलेन्सबाट गाउँमा लगेर गाउँ नजिकै रहेको खोलामा दाहसंस्कार गरिएको र उनको दाहसंकारमा मलामी, मृतकका परिवार लगायतका गाउँले सय जना जतिको सहभागिता रहेको बताइएको छ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले मृतकको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नको लागि उम्जन गाउँलाई सिल गरिएको बताएका छन्।

गाउँमा बाहिरको मान्छेलाई प्रवेश निषेध गरिएको छ भने गाउँको मान्छेहरूलाई पनि बाहिर निस्कनमा रोक लगाइएको बताए।

कोरोनाबाट मृत्यु भएको बृद्धको हेर चाह गर्ने देखि सम्पर्कमा रहेका २० जनाको पहिचान गरिएको र सबै जनालाई होम क्वारेन्टाइन गरिएको पगेनीको भनाइ छ। पहिचान गरिएको व्यक्तिहरूको स्वाब परिक्षणको लागि मंगलबार काठमाडाैं वा हेटौंडा पठाउने योजना रहेको उनले बताए।

प्रकाशित: १२ जेष्ठ २०७७ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App