coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थप ६ जनामा काेराेना, संक्रमितकाे संख्या ६८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप सात जनामा काेराेना संक्रमणभएको पुष्टि गरेको छ । बर्दियामा तीन जना, बारामा दुइ जना, अछाममा एक जना गरि ६ जनामा र दिउँसाे मृत्यु पछि पर्साकाे एक जना ब्यक्तीमा काेराेना पुष्टि भएकाे हाे । 

बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुष, अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । अछाममा पहिलाे पटक कोरोना संक्रमित भेटिएका छन् । 

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पनि सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।

वीरगंजको नेशनल मेडिकल कलेजमा जेठ ४ गते निधन भएका एक जनाको एक सातापछि आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो।

प्रकाशित: १२ जेष्ठ २०७७ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App