७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकारलाई एन ९५ मास्क

अध्यक्ष धिताललाई सुरक्षा सामाग्री हस्तान्रतण गर्दे शर्मा ।

गुलरिया नगरपालिका वडानं. ६ को कार्यालयले पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लामा सक्रिय २५ जना पत्रकारलाई एन ९५ मास्क, सेनिटाइजर र ग्लोब्स लगायतको सामाग्री वडा नं. ६ को कार्यालयले महासंघमा मार्फत उपलब्ध गराएको हो ।

कोभिड १९ संक्रमणका बारेमा फन्ट लाईनमा बसेर सूचना संप्रेषण गर्ने क्रममा जोखिम मोलेर काम गर्न पर्ने भएकाले सुरक्षा सामाग्री उपलब्ध गराएको वडाका अध्यक्ष निरज शर्माले बताए । अध्यक्ष सर्माले पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताललाई सुरक्षा सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App