७ वैशाख २०८१ शुक्रबार
समाज

बोझिनी ड्याम भाडामा नदिन चेतावनी

नेपाली कांग्रेस र राप्रपा संयुक्तले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको बोझिनी ड्याम र सामुदायिक वन निजी कम्पनीलाई भाडा नदिने चेतावनी दिएको छ । दुवै पार्टीले छुटाछुटै प्रेस विज्ञप्ति प्रकाशित गरी ड्याम र वन भाडामा दिने भन्ने विषयमा दुवै पार्टीको वडा समितिले आपती जनाएका छन् ।  

चाँंगुनारायण नगरपालिकाको सुडाल र वागीश्वरीमा अवस्थित वन क्षेत्र र ड्याम निजी कम्पनीलाई भाडामा दिने भन्ने विषय अनुचित भएको जनाएका छन् । केही ब्यक्तिहरुको निजी स्वार्थ तथा पैसाको निम्ति स्थानीय स्रोतसाधनलाई निजीकरण गरी स्थानीय क्षेत्रका किसानहरुले प्रयोग गरी आएको सिँचाइ र खानेपानीको मुल नै बेचविखन गर्न निजी कम्पनीसँग सम्झौता नै गरेको भन्ने विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  

यस विषयमा सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी दोषी उपर कारवाहीको माग गरेको छ । चाँंगुनारायण नगरपालिका वडा नं ८ को कार्यालयले भाडामा दिन लागेको बताइएको छ । पर्यटकीय आकर्षणको केन्द्र ड्याममा पाँंचतारे होटेल बनाउन दिन भाडामा दिन लागेको बताइएको छ ।  

प्रकाशित: १२ जेष्ठ २०७७ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App