७ वैशाख २०८१ शुक्रबार
समाज

भारतबाट फर्केका थप २३ जना कोरोना संक्रमण

महागढीमाई नगरपालिका र आदर्शकोतवाल गाउँपालिका गरि दुई स्थानको क्वारेन्टिनमा रहेका २३ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

सोमबार पुष्टि गरिएको २३ जनासँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ पुगेको छ । यस अघि १६ जनामा कोरोना पुष्टि गरिएको थियो ।

भारतको बिभिन्न शहरहरूबाट मजदुरी गरेर फर्केका महागढीमाई नगरपालिकाको क्वारेन्टिन र आदर्शकोतवाल गाउँपालिकको क्वारेन्टिनमा बस्दै आएका २३ जना कोरोना संक्रमित भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताएका छन्।

महागढीमाई नगरपालिकाको क्वारेन्टिनमा बसेका मध्ये २१ जना र आदर्शकोतवाल गाउँपालिकको क्वारेन्टाइनमा बसेका मध्ये दुई जना रहेका प्रजिय पण्डितले बताए।

कोरोनाबाट संक्रमित सबै पुरुष रहेको र उनीहरूलाई थप उपचारको लागि कलैया अस्तालमा ल्याइएको प्रजिय पण्डितले बताए।

थपिएका संक्रमितहरू महागढीमाई नगरपालिकाको बासिन्दा रहेको र उनीहरू भारतको मुम्बई, दिल्ली, हरियाना लगायतको ठाउँबाट जेठ पहिलो हप्तामा फर्किएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले बताएका छन्।

क्वारेन्टिनमा रहेका ३८ जना मध्ये ३० जनाको कोराना परीक्षणको लागि स्वाब संकलन गरिएको प्रमुख यादवले बताए।

संकलन गरिएको स्वाब परीक्षणको लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पठाइको थियो । उनीहरुको रिपोर्ट आएपछि जानकारी गराएको थियो जसमा २३ जना संक्रमित भएको नगर प्रमुख यादवले बताए ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App