७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा कार्यरत एक पत्रकार कोरोना संक्रमित

उपत्यकामा कार्यरत एक सञ्चारकर्मी कोरोना संक्रमित भएको पुष्टिसँगै उपत्यकामा कार्यरत संचारकर्मीले सचेतता अपनाउनुपर्ने देखिएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ चाउखेका ३९ वर्षीय एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले आइतबार गरेको थियो । 

उनको ठेगाना नुवाकोट भएपनि उनी ललितपुरको भैसेपाटीमा बसोबास गर्दै आइरहेका छन् । उनकै पहलमा सीस्डोल क्षेत्रका स्थानीयको कोरोना परिक्षण गरिएको थियो । परिक्षणका क्रममा उनकोे रिर्पोट पोजेटिभ देखिएपछि उनको सर्कलका रहेकाहरुको खोजिकार्य ललितपुर प्रहरीले राखेको छ । ती सञ्चारकर्मी यसअघि उपत्यकामा ओहोरदोहोर गर्दै आइरहेका थिए ।

ललितपुरका प्रदेशसभा सासंदले राहत वितरण गर्दा उनी सँगसँगै हिडेका थिए । उनको रिर्पोट पोजेटिभ आएपछि ललितपुरका तीनजना नेकपाका सांसद होम क्वारेन्टाइनमा बसेका छन् । सञ्चारकर्मी ओहोरदोहोर धेरै गर्ने भएकाले उनको ट्राभल हिस्ट्री पत्ता लगाउन कठिन भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार ती व्यक्ति बसेको भैसेपाटीको घरलाई सील गरि सचेतता अपनाइएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App