coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि

नेपालमा कोरोनाबाट मृत्यु हुने चौथो व्यक्ति

वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।  

‘उक्तब्यक्तिको मृत्युपछि शंकाको आधारमा लिइएको स्वाबको परीक्षणमा वीरगन्जकै नारायणी अस्पतालमा रहेको पिसिआर ल्यावको रिपोर्ट पोजेटिभ देखिएपछि दोस्रो परीक्षणको लागि काठमाडौं पठाइएको थियो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यसको पुष्टि गर्दै भने, ‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला कोभिड–१९ नियन्त्रण तथा ब्यवस्थापन समितिको बैठक बस्न लागेको छ, यस सन्दर्भका अब अगाडि के गर्ने बारे ।’ 

मृतकको परिवारदेखि अस्पतालसम्म सम्पर्कमा आएका सबैको कन्ट्रयाक्ट ट्रेसिङ लगायतको निर्णय समितिले गर्ने चिकित्सकहरूको अनुमान छ । स्रोतका अनुसार नेशनल मेडिकल कलेजलाई सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने बिषयमा बैठकले छलफल र आवश्यक निर्णय गर्न सक्ने छ ।  

विश्व स्वास्थ्य संगठनको मापदण्डलाई अस्पतालले उलंघन गरेको भन्दै यसैविच पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले समेत कलेज सिल गरेर कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र लापारवाहीको लागि कलेजमाथि कारवाही गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका छन्।

‘पहिलो रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेजले दोस्रो रिपोर्ट नआउँदै शवलाई सद्गति गर्न परिवारको जिम्मा लगाउनु ठुलो लापारवाही हो,’ सांसद यादवले नागरिकसित टेलिफोनमा भने, ‘मेरो क्षेत्र र जिल्लाको बिषय हो, मैले कन्ट्रयाक्ट ट्रेसिङ र उचित कारवाहीको लागि स्थानीय प्रसाशनलाई भनेको छुँ ।’

अस्पतालबाट नै अपेक्षा बिपरीत लापरवाही भएको मानिसहरूको आम प्रतिक्रिया छ । चौधरी थरका ७० बर्षिय मृतक जेठ २ गतेका दिन भर्ना गरिएका थिए । २ दिनपछि उनको जेठ ४ मा नेशनल मेडिकल कलेज अस्पतालमा नै उपचारका क्रममा उनको निधन भयो । सोही दिन कलेजले शव परिवारजनलाई बुझाएपछि परिवारले चलनअनुसार लगेर अन्त्येष्टी गरेका थिए । 

अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर त्यहाँको चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गरेका थिए । परिवारजनले घरबाट उपचारको लागिबोकेर ल्याएकाथिए र लगेर अनत्येष्टि गरेका थिए । ति चिकित्सक र स्वास्थ्यकर्मीले त्यहाँ भर्ना रहेका अरु बिरामीको समेत हेरचाह गरेका थिए । यसरी यस घटनामा कन्ट्रयाक्ट ट्रेसिङको दायरा फराकिलो भएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App