४ वैशाख २०८१ मंगलबार
समाज

कोरोना उपचारको अभ्यास सिकाउँदै सेना

सोमबार गोरखामा गरिएको कोरोना संक्रामितको उपचार अभ्यास । तस्बिर : नागरिक

क्वारेन्टिनमा एक जना बिरामीलाई कोरोना संक्रमणले च्याप्दै जान्छ । त्यो खबर पाउनसाथ जिल्ला स्तरीय उद्धार टिमले कोरोनाबाट बच्ने उपाए अपनाएर संक्रमितलार्य उपचार गराउन एम्बुलेन्समा अस्पताल लैजान्छन् । अस्पतालमा चिकित्सकले बिरामीको उपचार थाल्छन् । उनीहरुले बिरामी भेट्नु अघिदेखि भेटेपछि पनि हरेक चरण एम्बुलेन्स, सहभागी टिमका सदस्यलाई ‘डिसइन्फेक्ड’ गर्छन् ।  

नेपाली सेनाको रणसिंह दल गण गोरखाले सोमबार गोरखा सदरमुकामको रानीपोखरी ब्यारेकमा गरेको नमुना अभ्यासको दृष्य यस्तै थियो । कोरोनाको संक्रमण बढिरहेका बेला बिरामीको उपचार कसरी गर्ने, सुरक्षाका उपायमा कसरी ध्यान दिने, मृत्यू भयो भने दाहासंस्कार कसरी गर्ने भन्ने बारे नमुना अभ्यास गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए ।  

आधा घण्टा समयको उक्त अभ्यासमा बिरामीको उद्वार, उपचार, मृत्यू भएको खण्डमा दाहासंस्कार गर्दा सहभागी एम्बुलेन्स चालक, उद्धारकर्ता, चिकित्सक, मृतकका परिवारले कसरी कोरोनाबाट बच्न सक्छन् भन्ने सिकाईएको थियो । जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, रेडक्रसकर्मी सहित जिल्लाका सरोकारवालाहरुको उक्त अभ्यास अवलोकनमा सहभागी थिए । उक्त अभ्यासले आईपर्न सक्ने संभावित जोखिम न्यूनिकरण गर्न, छिटो र सहज सेवा दिन मद्धत पुग्ने नेपाली सेनाले जनाएको छ ।  

प्रकाशित: १२ जेष्ठ २०७७ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App