६ चैत्र २०८० मंगलबार
समाज

वीरगन्जमा १८ जना कोरोना मुक्त भएर घर फर्के, दुई दिनमा २७ डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कारोनाबाट संक्रमण मुक्त भएर आइतबार राति डिस्चार्ज भएका छन्। कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया–३ का एकै परिवारका चार महिने र ६ महिने २ शिशु सहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर मदन उपाध्यायले बताए।  

गत वैशाख२१ गते एक जना ३६ बर्षे पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उनीसंग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्ग सुरु भएको थियो।  सोही क्रममा बैशाख २४ गते उनको परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला सहित थप १७ जनामा कोरोना पुष्टि भएपछि देशै यो भरी बखरले सनसनी फैलिएको थियो।  सोही परिवारका १८ जना राति कोरोना मुक्त भएर घर फर्केका हुन।  

उनीहरू सबै जनाको पछिल्ला दुई पटकको पिसिआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेडिकल सुपरिडेन्ट उपाध्यायले जानकारी दिए। एक दिन अगाडि शनिबार नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएका थिए। यसरी २ दिनमा यहाँ २७ जना डिस्चार्ज भएका हुन्।  नारायणी अस्पतालको आईसोलेशनमा उपचार पछिल्लो समयमा गराईरहेका ७१ जनामध्ये २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने अरु ४४ जनालाई आइसुलेशनमा चिकित्सकीय निगरानीमा राखेर जाँच रिपोर्ट नेगेटिभ आउने पर्खाई भइरहेको चिकित्सकले बताए।  भर्ना रहेका संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यहाँका अरु २७ संक्रमितहरुलाई नारायणी अस्पतालकै मातहतमा गण्डकमा बनाइएको अस्थायि कोरोना अस्पतालमा भर्ना गरिएको छ।  उनीहरुको अवस्था पनि समान्य बताइएको छ।  

 

प्रकाशित: १२ जेष्ठ २०७७ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App