७ वैशाख २०८१ शुक्रबार
समाज

सप्तरीमा थप दुई जना थपिएसँगै संक्रमितको संख्या चार पुग्यो

मुम्बईबाट फर्केकाका थिए संक्रमित

सप्तरीमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या चार पुगेको छ। बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला परीक्षणबाठ डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए।

भारतको मुम्बइबाट आएका उनीहरु जेठ ५ कन्त चन्द्र माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका थिए। जेठ ९ गत्ते उनीहरुसहित यस क्वारेन्टिनका दुई स्वास्थ्यकर्मीसहित १७ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक उमेश साहले बताए। जसमध्ये दुई स्वास्थ्यकर्मीसहित १३ जनाको शनिबार नेगेटिभ टिपोर्ट आएको थियो। आइतबार चार जनाको रिपोर्ट आउँदा दुई जनामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको उनले भने। यस क्वारेन्टिनमा एक सय ६ जना छन। जसमा ९४ जना भारतको विभिन्न सहरबाट फर्केकाहरु छन।  

यस क्वारेन्टिनको क्षमता ५० जना राख्ने हो। तर फर्केनेहरुको चापका कारण क्षमता भन्दा अधिक मान्छे राख्न बाध्य छौं नगर प्रमुख शिवनारायण साहले भने,‘दैनिक ५० जना सीमा आउँछन। अब त ओभरफ्लो भैसक्यो।’ पारीबाट मानिस आउने चाप अनियन्त्रीत छ उनले भने,‘हामीलाई व्यवस्थापन गर्न गाह्रो हुँदैछ। सम्हाल्नै नसक्नेगरी मानिसको चाप बढ्दै छ।’

जिल्ला स्वास्थ्य प्रमुख यादवका अनुसार संक्रमितहरुलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याउँदै छौं।  

यसअघि जिल्लाका डाकनेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमणको पुुष्टि भएको थियो। उनी दुबै जनालाई गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै छ। उनीहरुमा कुनै लक्षण नदेखिएको अस्पताल प्रमुख डा. चुमललाल दासले भने। उनका अनुसार परीक्षणको दायरा बढेपछि संक्रमितको ग्राफ पनि बढ्छ। उनले भने,‘भारतबाट पछिल्लो समय आउनेहरुको क्रम बढेकोले संक्रमितको संख्या अझै बढने पक्का छ।’

यसैबीच राजविराजमा आरटी पीसीआर मेसिन जडान हुँदै छ। प्रदेश सरकारले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई आर पीसीआर प्रविधिबाट परीक्षण गर्ने मेसिन उपलब्ध गराएको हो। जडान हुँनेबितिकै एक दुई दिनमा स्वाब परीक्षण सुरु हुने अस्पतालका प्रमुख डा. दासले बताए।

प्रकाशित: १२ जेष्ठ २०७७ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App