८ वैशाख २०८१ शनिबार
समाज

तामाकोसीमा दुई युवा वेपत्ता

तामाकोसी नदीले बगाउदा आइतबार दोलखामा दुई युवा वेपत्ता भएका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा माछा मार्न गएका र नदीमा पौडी खेल्न गएका दुई युवा नदीले बगाउदा वेपत्ता भएको प्रहरीले जनाएको छ।  

आइतबार दिउँसो मेलुङ गाउँपालिका १ चैत्यघाटमा माछा मार्ने क्रममा नदीले बगाउदा सोही गाउँपालिका १ पवटीका ३६ बर्षिया दिपक भुजेल बेपत्ता छन्। उनलाई खोलाले बगाएपछि उनीसंगै माछा मार्न गएका उनका बाबू र भायले प्रहरीलाई खबर गरेका थिए।  

उता आइतबार साँझ नै कालिञ्चोक गाउँपालिका ७ मा पर्ने तामाकोसी नदीको कोसीखेत भन्ने स्थानमा पौडी खेल्न गएका स्थानीय ठुलाखेतका १९ बर्षिया नवराज पौडेल तामाकोसीले बगाएर बेपत्ता छन्। दुवैको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रेशम बोहोराले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७७ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App