coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपन्न वर्गलाई खाद्यान्न समाग्री बितरण

रिक्सा, टेम्पो र ठेला चालकहरूलाई खाद्यान्य समाग्री बितरण गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादव । तस्बिर : नागरिक

महागढीमाई नगरपालिकाले दुई महिना देखि जारी रहेको लकडाउनको कारणले काम नपाएका रिक्सा, टेम्पो र ठेला चालकहरूलाई खाद्यान्न समाग्री बितरण गरेको छ। रिक्सा, टेम्पो र ठेला चालकहरूले लामो समय देखि काम नपाएर भोकै बस्ने अवस्था आएकोले गर्दा उनीहरूको जिविकोपार्जनको लागि चामल, दाल र नुन लगाएतको खाद्यान्न समाग्री बितरण गरिएको हो।

कोरोना भाइरसलाई नियन्त्रण गर्न उदेश्यले जारी लकडाउनका कारण रोजगारी नपाएर दुई छाक टार्नै समस्या भएको देखेर रिक्सा, टेम्पो र ठेला चालकका एक सय २५ परिवारलाई पहिचान गरि  प्रतिपरिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ किलो नुन लगाएतको खाद्यान्न समाग्री बितरण शुरु गरिएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन्।

दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने बिपन्न परिवारलाई पहिलो प्राथमिकता दुई छाक राम्रोसँग खान दिन जरुरी भएको देखेर नै नगर कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समाग्री दिन शुरु गरिएको प्रमुख यादवले बताए।  

दुई महिना देखि काम गर्न नगएको अवस्थामा घरमा भएको सबै खाने कुराहरूको सकिएको अवस्थामा नगरपालिकाले बितरण गरेको खाद्यान्य समाग्रीले धेरै राहत पुगेको महागढीमाइ नगरपालिका १ बरियापुरका जयराम प्रसादले बताए।

यस अघि पनि चैत अन्तिम हप्ता नगरपालिकाले  ११ वटा वडाहरूमा रहेको लगभग ६ हजार घर धुरी परिवालाई प्रति परिवार १५ किलो चामल, दुई किलो दाल र एक किलो नुन समेत बितरण गरेको नगरप्रमुख यादवले बताए।

प्रकाशित: ११ जेष्ठ २०७७ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App