७ वैशाख २०८१ शुक्रबार
समाज

पोखराका ३३ वटै वडामा क्वारेन्टिन स्थल बनाउन महानगरको निर्देशन

कोरोना भाइरसको संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि पोखरा महानगरपालिकाले महानगरपालिकाका ३३ वटै वडालाई क्वारेन्टिन स्थलको व्यवस्था गर्न निर्देशन दिएको छ । महानगरपालिले भने दुई वटा क्वारन्टिनको व्यवस्था गरेको छ । पोखराको मालेपाटनस्थित कृषिको होस्टेल र राल्पारोडस्थित लेकसिटि रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ ।  

पोखरा महागनर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आईतबार बसेको बैठकले ३३ वटै वडामा ५० जना राख्न सकिने क्वारन्टिन स्थलको व्यवस्था गर्न परिपत्र गरिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विदेशबाट आउनेलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्ने सबै वडालाई परिपत्र गरिएको छ । उपप्रमुख गुरुङले भनिन्, ‘क्वारेन्टिन सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी सम्बन्धीत वडाले गर्ने छ ।’ आवश्यक स्वास्थ्य सेवाको ब्यवस्थापन महानगर स्वास्थ्य महाशाखाले गर्ने छ ।’  त्यस्तै महानगरले महिलाहरुका लागि छुटटै क्वारेन्टिन बनाउने निर्णय समेत गरेको छ ।

महिलाका लागि एउटा छुटटैस्थानको छनोट र ब्यवस्थापन गर्न महानगरको क्वारेन्टिन ब्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् । बैठकले पोखरा महानगरले उपलब्ध गराउदै आएको सुत्केरी पोषण सामाग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । महागनरले लकडाउन सुरु भएयता सुत्केरी भएकाहरुलाई एक केजी ध्यू, एक केजी हर्लिक्स, एक लिटर तेल र नगद पाँच सय रुपैयाँ उपलब्ध गराउदै आएको छ । त्यस्तै लकडाउनका बेला महानगरले सुरु गरेको प्रसुती सेवा र मृगौला विरामीहरुलाई प्रदान गरेको निशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।  

महानगरले नगरबासीको स्वास्थ्य सेवालाई र भविष्यमा आइपर्ने समस्यालाई मध्यनगर गदै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्वुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् । सञ्चालनमा रहेका मध्ये २ वटा एम्बुलेन्स कोरोना संक्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका विरामीलाई ओसारपोरसारमा प्रयोग गर्ने निर्णय गरेको छ । 

पोखरा महागनरले कोरोना संक्रमणको उच्च जोखिम र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन कास्की जिल्ला बाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए । 

प्रकाशित: ११ जेष्ठ २०७७ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App