८ वैशाख २०८१ शनिबार
समाज

जेठमा मात्रै प्रदेश १ मा भारतबाट भित्रिए १ हजार ८ सय

प्रदेश १ मा जेठ महिनामा मात्रै १ हजार ८ सय जना बढी भारतबाट भित्रिएका छन्। जेठ ११ गते सम्ममा प्रदेश १ का विभिन्न नाकाबाट १ हजार ८ सय ६५ जना प्रदेश १ मा भित्रिएको  प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुमनकुमार तिम्सिनाका अनुसार प्रकृयागत रुपमा भारतबाट नेपालमा ल्याउन प्रदेश १ मा अझै थालिएको छैन। भारतमा फसेका नागरिकहरूलाई नेपाल ल्याउन कार्यविधि तयार पारिसकिएको भए पनि औपचारिक रुपमा ल्याउन अझे नथालिएको तिम्सिनाले जानकारी दिए। तिम्सिनाले भने‘सीमामा अलपत्र परेर उद्धार गरिएका, चोरबाटोबाट नेपाल प्रवेश गरेका र जवर्जस्ती सीमापार गरेर नेपाल छिरेका मानिसहरू मात्रै जेठ महिनामा १ हजार ८ सय ६५  जना नेपाल भित्रिएका हुन् ।’ यस्तै प्रदेश १ को भारतसँगको सीमा क्षेत्रमा करिब २ हजार जना नेपाल भित्रने प्रतिक्षमा रहेको उनले जानकारी दिए।तिम्सिनाका अनुसार झापाको सीमावर्ती क्षेत्रमा १ हजार ४ सय ३० जना, मोरङको सीमावर्ती क्षेत्र नजिक ३ सय ४१ जना, सुनसरीको सीमावर्ती क्षेत्र नजिक १ सय १४ र इलामको सीमावर्ती क्षेत्र नजिक ६३ जना नागरिक नेपाल प्रवेश गर्ने पर्खाइमा रहेका छन्। भारतबाट विभिन्न तरिकाले नेपाल प्रवेश गर्नेक्रम बढेसँगै प्रदेश १ का क्वारेन्टिनहरूसमेत भरिन थालेका छन्। केहि दिन पहिलेसम्म प्राय रित्तै रहेका क्वारेन्टिनहरू भारतमा रोजगारी र कामका लागि गएका मानिसहरू फर्किन थालेसँगै भरिभराउ हुन थालेका हुन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका क्वारेन्टिनहरूमा पनि मानिसको चाप निक्के बढेको छ।मोरङका क्वारेन्टिनमा राखिएका मानिसको संख्या  हाल ३ सय ५ जना पुगेको छ।मोरङमा २८ वटा क्वारेन्टाइनमा ३ सय ५ जना मानिस राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानवहादुर राईले जानकारी दिए।प्रदेश १मा ४ जिल्लामा करिब  १५ हजार मानिस अट्ने होल्डिङ एरिया सहित ३ सय २४ स्थानमा ६ हजार १ सय ७० वेडको क्वारेन्टिनको व्यवस्था गरिएको छ।

 

 

प्रकाशित: ११ जेष्ठ २०७७ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App