८ वैशाख २०८१ शनिबार
समाज

काेराेनाकाे उच्च जोखिममा सुदूरपश्चिम, भारतबाट आएकालाई परीक्षण नै नगरी गाउँ पठाइँदै

पाँच दिनमा १४ हजार बढी भित्रिए

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेको दुई महिना पुगेको छ। चैत ११ गते लकडाउनसँगै अन्तराष्ट्रिय सीमापनि बन्द गरिएका थिए। भारतमा रहेका नेपालीलाई उतै बस्न लगाउने र सीमामा प्रवेश नदिने निर्णयबाट सरकार दुई महिनापछि पछाडि हटेको छ। औपचारिक रुपमा निर्णय नगरेपनि जेठ ७ गतेदेखि सुदूरपश्चिमका कैलालीको त्रिनगर, कंचनपुरको गड्डाचौकी लगायतका नाका भारतबाट फर्कने नेपालीका लागी खुला गरिएको छ।

सीमा खुलासँगै प्रत्येक दिन भारतबाट फर्कने नेपालीहरुको सीमामा जनलहर छ। भारतको कोरोना फैलिएका ठाउँबाट आएका सीमामा हजारौ नेपालीको भिड जम्मा हुन्छ। सीमामा हुने भिडभाडमा नै संक्रमण फैलिने जोखिम छ। उनीहरुलाई कुनै जाँच नगरि स्थानीय निकायले व्यवस्था गरेका बस,ट्रयाक्टर ,,टिप्पर लगायतमा कोचाकोच गरेर उनीहरुलाई गाउँ गाउँ पठाइदैछ। एउटा जोखिमबाट जोगिएको सुदूरपश्चिम भारतबाट आउने हजारौलाई आरडिटी, पिसिआर कुनै जाँच नगरि गाउँ गाउँमा पठाउदाँ कोरोनाको महामारी फैलिने उच्च जोखिममा परेको छ।

भारतबाट फर्कने हजारौलाई जाँच नगरि गाउँ गाउँ पठाइनु नहुने भन्दै जनस्तरबाट व्यापक आलोचना र बिरोध भएपनि उनीहरुलाई पठाउने क्रम रोकिएको छैन। सीमाबाट जाँच नगरि गाउँ गाउँमा पठाइएका उनीहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको छ।‘भगवान भरोसा भएको छ, पुृरै भारतबाट फर्केका जाँच नगरेर गाउँ गाउँ पठाइएको छ’डडेल्धुराका दलबहादुर वोहराले भने,‘यो चरमा लापरवाही भएको छ, गाउँ गाउँमा संक्रमण डढेलो जस्तै फैलिने त्रास छ।’

तीन तहका सरकार भएर भारतबाट फर्कनेहरुको बिचल्ली हुनु र उनीहरुलाई सहि तरिकाले व्यवस्थापन नगरिनु ठूलो कमजोरी भएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हेमराज पन्त बताउछन्। ‘भारतबाट फर्कनेको बिचल्ली भएको छ, उनीहरुलाई जाँच नगरि गाउँ गाउँ लगिएको छ, सकारले काम गर्ने ढंग नपुर्याउदाँ सुदूरपश्चिममा कोरोना फैलिने त्रास बढेको छ’उनी भन्छन,‘तीन तहका सरकार छन, काम नगर्ने भए घर घरै सरकार भएपनि के अर्थ भो।’

कोरोनाको महामारी फैलिएको ठाउँबाट आएका सबेजना उच्च जोखिममा हुने भएकाले उनीहरुको जाँच नगरि गाउँ गाउँ पठाउनुृ ठूलो गल्ती भएको बिज्ञहरुको भनाई छ।‘अव त सुदूरपश्चिममा धेरै जोखिम बढेको छ’वरिष्ठ फिजिसियन शुभेस राज कायस्थले भने,‘कोरोनाको महामारी फैलिएको ठाउँबाट आएका सवै उच्च जोखिममा हुन्छन, उनीहरुको जाँच अनिवार्य हुनुपथ्र्यो।’ उनीहरु जाँच नहुदाँ कोरोनाको महामारी फैलिने खतरा रहेको उनी बताउछन्।

सेती प्रादेशिक अस्पताल कोरोना उपचार बिभाग प्रमुख वरिष्ठ फिजिसियन शेरबहादुर कमरले सुदूरपश्चिममा सबैतिर धेरै जोखिम बढेको बताए।‘अब त जोखिममुक्त क्षेत्र कुनै पनि रहेन’उनले भने,‘कोरोनाको संक्रमण एक्कासी फैलिने खतरा बढ्यो।’ भारतवाट फर्केने नेपालीहरु समूहमा आउदाँ पहिलो जोखिम त्यही बढेको उनी बताउछन। सिमानामा भिड लाग्दा त्याहाँ पनि जोखिम बढ्यो। सीमाबाट कोचाकोच गरेर गाडीमा लैजादा पनि जोखिम बढेको उनी बताउँछन्।‘४, ५ जनाका दरले डिस्टेन्स व्यवस्थापन गरेर लैजाने  र राख्ने गरिनुपथ्र्यो, त्यो पनि भएन’उनी भन्छन्,‘सबैको पिसिआर बिधीद्वारा जाँच गरिनुपर्ने हो, त्यो हुन सकेन।’

आरडिटी जाँचले भाईरस नदेखाउने भएकाले पिसिआर बिधीद्वारा नै जाँच हुनुपर्ने उनको भनाई छ। जाँच्ने क्षमताको अभावले उनीहरुको जाँच हुन नसकेको उनले बताए।

जाँच गर्ने उल्टो भयो

सरकारले गंभिरर्यतालाई ध्यान नदिदाँ कोरोनाको जाँच उल्टो गतिमा गएको बिज्ञहरु बताउछन्। ‘महामारी फैलिएको भारतबाट आएका सबैलाई पिसिआर बिधीद्वारा जाँच गरिनुपर्नेमा गरिएन ’कायस्थ भन्छन्, ‘उनीहरु समुदायमा गएपछि एक जनामा संक्रमण देखिदाँ उस्को सम्पर्कमा रहेका २, ३ सय जनाको जाँच गर्नुपर्ने भैरहेको छ।’ बैतडीमा र डडेल्धुरामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका करिव ४ सयजना जतीको जाँच गर्नुपर्ने अवस्था आएको उनी बताउछन। अहिले सम्म एक जनामा पनि संक्रमण देखा नपरेको सुदूरपश्चिमका ७ पहाडी जिल्लामा पनि भारतवाट नेपालीहरु प्रवेश गरेपछि संक्रमण देखा पर्न थालेको छ। बैतडी, डडेल्धुृरा र अछाम तीन जिल्लामा संक्रमण देखा परिसकेको छ।  

समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा कोरोना फोकल प्रश्न नरेन्द्र सिंह कार्कीले भारतवाट नेपाल भित्र्याउने भनेर औपचारिक रुपमा निर्णय भएर यती जना भित्रिन्छन भन्ने कुनै जानकारी नभएकाले त्यस प्रकारको जनशक्ती तयार गरेर योजना बनाउन नसकिएको बताए। भारतबाट भित्रिएका सवैलाई स्थािनीय तहको क्वारेन्टाइनमा १४ दिन राखेपछि गाईडलाईन अनुसार उनीहरुको आवश्यकता बमोजिम आरडिटी र पिसिआर बिधिद्वारा जाँच गरिने उनको भनाई छ।

पाँच दिनमा १४ हजार बढी नेपाली भित्रिए

भारतका बिभिन्न शहरमा अलपत्र परेका नेपाली मजदुरलाई प्रवेश गराउन थालेपछि बुधवार यता ५ दिनमा कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकी तथा दोधारा चादनीबाट गरेर करिव १४ हजार बढी भित्रिएका छन। कैलालीमा त्रिनगरमा बुधवार ८ सय ५७, बिहिवार २ हजार ४ सय ९८, शुक्रवार २ हजार १४ र  शनिवार १ हजार ९ सय ५९ र आइतवार ३ हजार ९ सय ६४ जना प्रवेश गरेको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर वस्नेतले बताए। यसैगरि कंचनपुरको सिमावाट ३ हजार भन्दा बढी भित्रिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताएका छन।

सीमाबाट प्रवेश गर्ने क्रम जारी रहेको छ। यि मध्य करिव डेढ हजारको आरडिटी जाँच गरिएको छ भने साढे १२ हजार बढीलाई कुनै जाँच नगरि स्थानीय तहमा पठाइएको छ।

गाउँमा त्रास

भारतका बिभिन्न ठाउँबाट फर्केलाई जाँच समेत नगरी भिडभाडका बिचमा गाउँ गाउँमा पुगेपछि त्रास बढेको छ।‘भारतवाट फर्केका सवैजना बिद्यालयमा राखेको छ, खाना दिन घर घरवाट जाने गर्छन,’डडेल्धुृराका एक महिलाले भनिन्,‘अव हाम्रा गाउँ त सुरक्षित रहेनन्, कतिजनालाई यो सर्ने हो।’

तीनीहरु सँग एउटै गाडीमा मुम्मईवाट आएकालाई कोराना लागेर धनगढी अस्पताल राखिएको उल्लेख गर्दै तीनीहरुवाट सर्ने खतरा रहेको उनको भनाई छ।

दोश्रोपटक चुक्यो सरकार

भारतमा कोरानाको संक्रमण फैलिएसँगै फागुनको अन्तिम सातावाट भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरु भित्रिन थाले। चैत ११ गते लकडाउन हुन्जेल सम्म करिव डेढ लाख नेपाली भित्रिए। तीनीहरुलाई कुनै जाँच नगरी क्वारेन्टाईनमा पनि नराखेर घर घर पठाइयो। त्यतीवेला पनि कोरोनाको महामारी फैलिने त्रास बढेको थियो। सुदूरपश्चिममा चैत १४ गते दुवैवाट फर्केको युवामा पहिलो संक्रमण देखा पर्यो। चैत २२ गते ३ जना बैशाख १ गते १ गरि संक्रमित सवै निको भएर घर फर्के भने बैशाख १ गतेपछि याहाँ संक्रमण देखिएको थिए। लकडाउन पहिला भारतवाट फर्केका आएको करिव दुई महिना भैसकेकाले उनीहरुवाट हुने जोखिम न्युन भैसकेको थियो।  भारतका बिभिन्न ठाउँवाट आएका हजारौलाई जाँच बिना जान दिएर सरकार पुन चुकेको बिज्ञ बताउछन।

सीमाबाट स्थानीय तहको क्वारेन्टिनमा राख्दा सम्मका गतिबिधीले धेरै जोखिम बढेको छ। भारतवाट फर्केकाहरु अत्तरियामा सवै पसलमा निर्वाध रुपमा गएर समान खरिद गरे। यसैगरि उनीहरुले क्वारेन्टाईन वस्नु अघि पनि समुदायमा सम्पर्क गरेको पाइएको छ। जाँच बिना नै भित्रिएसँगै सुदूरपश्चिममा संक्रमण पुन देखा परेको छ। सुदूरपश्चिममा १५ जना संक्रमित भएका छन। ५ जना निको भएको छ भने १० जनाको उपचार भैरहेको छ। बैतडीमा संक्रमण देखिएका युवा ६५ दिन पछि भारतवाट फर्केका हुन भने डडेल्धुरामा संक्रमण देखिएका सरकारी कार्यालयमा कार्यरत युवाको ट्रयाभेल हिस्ट्रि छैन। उनीहरुको संक्रमण श्रोत को हो ? र उनीहरुलाई काहाँवाट संक्रमण सर्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन। उनीहरुमा संक्रमण देखिएसँगै समुदायमा अन्यमा पनि संक्रमण हुन सक्ने संभावना बढेको बिज्ञ बताउछन।

भारतका बिभिन्न ठाउँमा होटल, कम्पनी, कलकारखाना, निर्माणका काम लगायतमा काम गर्ने नेपालीहरु त्याहाँ कोरोनाको संक्रमण सँगै बन्दभएपछि अलपत्र परेका थिए। भारतले रेल लगायत यतायात संचालन गरेपछि त्याहाँ थुनिएर रहेका नेपाली फर्केका हुन।‘लकडाउन भएपछि हामी काम गर्ने होटल बन्द भए, हामी १० जना भाडाको कोठामा वस्थ्यौं, खाना खान पनि समस्या भैसकेको थियो’डडेल्धुराका पदम साउँदले भने,‘अहिले सिमा खुलेको थाहा पाएपछि घर फर्केका हौं।’ भारतले जाँच समेत नगरी भारतमा अलपत्र परेकालाई सिमासम्म आउन दिएको छ।

चिकित्सक र उपकरण अभाव

सुदूरपश्चिममा पहिले देखि नै स्वास्थ्य उपचारको हिसावले निकै कमजोर अवस्था छ। सुदूरपश्चिमका पहाडी जिल्लामा एकजना पनि फिजिसियन चिकित्सक छैनन् भने क्रिटिकल केयर गर्ने स्वास्थ्य जनशक्ती पनि छैन। ७ जिल्लामा  एक पनि आईसियु र भेन्टिलेटर छैन। यि जिल्लामा संक्रमण फैलिएमा बिरामीमा जटिल लक्षण देखिए अन्यत्र रेफर गर्नुको बिकल्प छैन। यसैगरि पहिले सेती प्रादेशिक अस्पतालमा १० आईसियु बेड छन भने

१ मात्र भेन्टिलेटर रहेको सेती प्रादेशिक अस्पतालमा अहिले ६ भेन्टिलेटर राखिएको छ भने महाकाली अस्पतालमा ४ आईसियु र १ भेन्टिलेटर रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०७७ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App