८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी नायब निरीक्षकसहित थप चार प्रहरीमा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय कलैया,  बारामा कार्यरत रहेका प्रहरी नायब निरीक्षकसहित थप चार  जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चार जना प्रहरीससहित कोरोनाबाट संक्रमित भएको बताएका छन्।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमित भएको भेटिएपछि संक्रमित ती प्रहरी जवानको कन्ट्याक ट्रेसिङको आधारमा जेठ ३ मा ४७ जना प्रहरीहरुको परीक्षणको लागि  स्वाब संकलन गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताए।

संकलन गरिएको स्वाब  परीक्षणको लागि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइको र स्वाब परीक्षणपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दिएको रिपोट अनुसार थप चार जना  कोरोना भाइरसबाट संक्रमित भएको उपरीक्षक पगेनीले बताए।।

कोरोना लागेको पुष्टि गरिएको प्रहरी नायब निरिक्षक प्रशासन शाखामा कार्यरत रहेका थिए भने अन्यहरु मुद्दा र प्रशासन शाखामा कार्यरत रहेको पगेनीले बताए।

जेठ ३ गतेदेखि नै उनीहरु प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए। अहिले संक्रमितहरुलाई कलैया अस्पताल पठाउने कार्यमा लागिएको प्रहरी उपरीक्षक पगेनीको भनाई छ। यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए।

प्रकाशित: ११ जेष्ठ २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App