coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन पिडित ७ सय ३८ परिवारलाई राहत

खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउनबाट पिडित भएका ७३८ परिवारलाई राहत बाँडेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ६ वटै वडाका विपन्न परिवारलाई गाउँपालिकाले १५ लाख बराबरको चामल, दाल, नुन, तेल प्रदान गरेको हो ।  

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका २८८ परिवारलाई, बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ८५ परिवारलाई, बराहपोखरी गाउँपालिका–३ साउनेचौरका १२१ परिवारलाई राहत बाँडिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । यस्तै, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका ७५ परिवारलाई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका १०९ परिवारलाई र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ६० परिवारलाई राहत बाँडिएको गाउँपालिकाले जनाएको छ ।  

एक देखि दुई जना सदस्य संख्या भएका परिवारलाई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल र एक केजी नुन, दुई देखि चार जनाको परिवारलाई प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, एक लिटर तेल र २ केजी नुन तथा पाँच जनाभन्दा बढि संख्या भएका परिवारलाई २५ केजी चामल, ३ केजी दाल, डेढ लिटर तेल र २ केजी नुन वितरण गरिएको छ । जेठ ४ गतेदेखि शनिबारसम्ममा लकडाउन पिडित परिवारलाई राहत बाँडिसकिएको गाउँपालिकाका प्रशासन सहायक पोखरेलले बताए । राहत वितरणका लागि गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा, उपाध्यक्ष गोमा मगर लगायतका जनप्रतिनिधि ट्याक्टरमा राहत बोकेर वडा–वडामा पुगेका थिए । 

प्रकाशित: ११ जेष्ठ २०७७ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App