७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्जमा कोरोना मुक्त भएर ९ जना डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालको आइसुलेशनबाट कोरोना मुक्त भएर ९ जना डिस्चार्ज भएका छन्। कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भई त्यहाँ भर्ना भएका मध्ये शनिबार एक जना भारतीय नागरिक सहित नौ जना उपचार पछि घर फर्केका हुन।

उनीहरुको उपचार सफल भई पूर्णरुपमा संक्रमण मुक्त भएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायले बताए। लागातार २ पटकको परीक्षणमा कोरोना संक्रमण नभएको अर्थात नेगेटिभ देखिएकाहरुलाई शनिबार अस्पतालले बिदा गरेको हो।  

देशकै सबभन्दा बढी कोरोना संक्रमित जिल्ला बन्न पुगेको पर्सामा शनिबार ९ जना डिस्चार्ज भएर सकुशल घर फर्केको खबरले सकारात्मक सन्देश संचार गरेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए। डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, रौतहटका ३ जना र एक जना भारतीय नागरिक रहेको डा. उपाध्यायले जानकारी दिए।  

डिस्चार्ज भएकाहरुलाई आफन्तको जिम्मा लगाईएको छ। कोरोनासंग जितको खुसीमा सबैजनालाई आफन्तले फूलका गुच्छा र माला लगाएर स्वागत गरेका थिए। गतबैशाख १४ गते देखि २१ ग्ते भित्र कोरोना संक्रमित देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएका नौजना डिस्चार्ज भएका हुन्। चिकित्सकहरुका अनुसार कोरोना संक्रमण पोजेटिभ देखिए पनि उनीहरुको स्वास्थ्य अवस्था समान्य रहँदै आएको थियो। कुनै प्रकारको लक्षण देखिएको थिएन।

 

 

प्रकाशित: १० जेष्ठ २०७७ १६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App