१३ जेष्ठ २०७७ मंगलबार
समाज

चौबिसे गाँउपालिका जेठ १४ गते सम्म सिल

चौबिसे गाँउपालिकाले जेठ १४ गतेसम्म नाका सिल गरेको छ । अत्यावश्यक सवारी साधान बाहेक नीजि प्रयोगका सवै सवारी साधानमा आउजाउँ र गाउँपालिकामा आन्तरीक घुमफिर समेत बन्द गरेको गाउँपलिका अध्यक्ष खजिन्द्र राईले बताए । 

धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गाउँपलिका प्रवेश गर्ने सवै नाकामा सुरक्षाकर्मी परिचालन गरेर सिल गरेको हो । कोरोना संक्रमण हुन नदिन र कन्ट्रयाक ट्रेसिङ गर्न सजिलो होस भनेर सिल गरेको अध्यक्ष राईले बताए । 

कोभिड–१९ विपत व्यवस्थापन समिति चौबिसेको शनिबार बसेको बैठकले निर्णय गरेको हो । गाँउपालिकाले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, हाटबजार पसल लगायत सार्बजनिक निर्माणका कार्यपनि बन्द गरेको छ

प्रकाशित: १० जेष्ठ २०७७ १८:४४ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App