४ वैशाख २०८१ मंगलबार
समाज

भारतको क्वारेन्टिनमा बसेको युवकमा कोरोना संक्रमित

बर्दिया भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो । त्यसमध्येकै बढैयाताल गाउपालिका–७ का १९ वर्षका यूवकलाई कोरोना संक्रमित पुष्टि भएको हो ।

भारतको सीतापुरमा रोजगारी गर्ने उनी जेठ १ गते नेपाल फर्केर क्वारेन्टिनमा बसेका थिए । आउँनु अघि भारतको बहराईज जिल्लाको बाबागंजमा क्वारेन्टिनमा बसेका थिए । भारतले नेपालीलाई भारतबाट नेपाल फर्काउँने क्रममा आएका उनी बढैयातालकै सारदा माविकाे क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेकाको स्वाव परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले बताए । 

बर्दिया,राजापुर–५ कि ११ वर्षिय बालिका,गुलरिया नपा–११ का २८ वर्षिय यूवक र बढैयाताल गापा–७का १९ वर्षिय यूवका कोरोना पुष्टि भईसकेको छ । संक्रमित युवालाई आईसोलेसनमा राख्न दाङ लैजाने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App