coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट फर्किन थालेपछि म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टिन

क्याम्पसमा तयार गरिएको बेड । फोटो हरिकृष्ण गौतम

छिमेकी राष्ट्र भारतबाट फर्किनेको लर्को लागेपछि म्याग्दीको सदरमुकाम बेनीमा थप ५१ बेडको क्वारेन्टिन तयार गरिएको छ । करीब दुई महिनादेखि भारतको सिमानामा अलपत्र परेकाको उद्धार गरिएपछि म्याग्दी बहुमुखी क्याम्पसको मानविकी र शिक्षा संकायको भवनलाई  क्वारेन्टिन बनाइएको हो ।

 कोभिड–१९ जिल्ला कमाण्ड पोस्टले नेपाली सेनाका श्रीबक्स गुल्मबाट खटिएका सेना सहितको श्रमदानमा क्वारेन्टिन बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘

करीब साढे २ सय जना जना भारतबाट फर्किने अनुमान छ,‘पहिलो चरणमा आउनेलाई बेनीकै क्वारेन्टिनमा राखिने छ, ‘थप आवश्यकता परेमा स्थानीय तहमा तयारी अवस्थामा रहेका क्वारेन्टिनको बेड प्रयोग गछौ’ प्रजिअ ढकालले भने । उनका अनुसार थप पूर्वाधार बनाउनुभन्दा स्थानीय तहमा खाली रहेका क्वारेन्टिनलाई नै प्रयोग गर्न आवश्यक समन्वय भइरहेको बताए ।  

नेपाल भारतको सिमानाबाट करीब साढे २ सय जना आउने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका जिल्लाबाट आउनेलाई समेत अब निगरानी गरिने छ । यसअघि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेडसहित पाँचवटै गाउँपालिकामा १७३ बेड तयारी अवस्थामा रहेकोमा मंगला गाउँपालिकामा भैरहवाबाट आएका एक जना छन् । 

क्वारेन्टिनका लागि क्याम्पसले कोठाबाहेक खाट, तन्ना, डसना, सिरक लगायत आवश्यकताअनुसार सहयोग गरेको छ । क्वारेन्टिनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, क्याम्पस अध्यक्ष बालकृष्ण सुवेदी, नेपाली कांग्रेसका सचिव मिनबहादुर कार्की लगायतले अवलोकन गरेका थिए । 

प्रकाशित: १० जेष्ठ २०७७ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App