७ वैशाख २०८१ शुक्रबार
समाज

भारतबाट फर्किएर अलपत्र परेकालाई नगरपालिकाको उद्वार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । लकडाउनका कारण नेपाल र भारतको सिमानामा अलपत्र परेका नगरबासीलाई नीलकण्ठ नगरपालिकाले उद्वार गरेको छ । रोजगारी तथा अन्य शिलशिलामा भारत गई फर्किएकाहरु लकडाउनका कारण सीमा नाकामा अलपत्र परेका थिए । लकडाउन सुरु भएको दुई महिनापछि नगरपालिकाले बस पठाएर उद्वार गरेको हो ।  

भारतबाट सीमानाका हुँदै नेपाल आउने क्रममा रुपन्देही जिल्लाका विभिन्न क्वारेन्टिनमा बस्दै आइरहेका थिए । तीनवटा बसमा ८८ जनालाई ल्याउन प्रशासनले अनुमति दिएपछि रुपन्देही गएको थियो । रुपन्देही प्रशासनले बाँकी रहेकाहरुलाई समेत बसको व्यवस्था गरी धादिङ पठाएको छ । शनिबार बिहान मात्रै एक सय ५१ जनालाई ल्याइएको छ  । यसअघि पनि ३५ जनालाई नगरपालिकाले बसको व्यवस्था गरी ल्याएको थियो ।  

नीलकण्ठ नगरपालिका घर भएका तथा भारतका विभिन्न स्थानमा रोजगारीको शिलशिलामा सिमानामा अलपत्र भएकाहरुलाई बसको व्यवस्था गरी ल्याइएको हो । ल्याइएको व्यक्तिहरुको कोरोना परीक्षण गरी केहीलाई घर पठाइएको छ भने केहीलाई क्वारेन्टिनमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

‘क्वारेन्टिनमा बसेकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ भएकाहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्ने गरी घर पठाएका छौँ,’ रिजालले भने, ‘रिपोर्ट नभएकाहरुको स्वास्थ्य जाँच गरी केहीलाई धादिङबेसीकै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका छौँ ।’  

कोरोना भाइरसका कारण भारतमा रोजगारी गुमेका उनीहरु घर फर्कने क्रममा सिमाना पार भए सँगै विभिन्न क्वारेन्टिनमा बस्न पुगेका थिए । २१ दिन क्वारेन्टिनमा बसेको र आरडिटी परीक्षणमा नेगेटिभ आएको प्रमाण पत्रसँगै बोकेर आएका उनीहरुलाई होम क्वारेन्टिनमा बस्ने गरि घर–घर पठाइएको छ । रिपोर्ट नभएकाहरुलाई भने क्वारेन्टिनमा राखिएको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि अलपत्र परेका आफ्ना नागरिकलाई घर फर्काएको छ । 

प्रकाशित: १० जेष्ठ २०७७ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App