८ वैशाख २०८१ शनिबार
समाज

सर्वोच्चकी पहिलो महिला न्यायाधीश शिलुको निधन

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८१ वर्षको उमेरमा निधन भएको छ।  काठमाडौंको ठहिँटीमा जन्मेकी शिलु नेपालकै पहिलो महिला बरिष्ठ अधिवक्तासमेत हुन्। मुटु, मृगौलासमेत समस्या भएको कारण २१ दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिइन्। उनको अस्पतालमा उपचारकै क्रममा शुक्रबार निधन भएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए। उनी २०५८ सालदेखि २०६३ सम्म सर्वोच्च अदालतमा न्यायाधीश रहेकी थिइन्।  

उनको अहिले दिउँसो काठमाडौंको शोभा भगवतीमा दाहसंस्कार हुनलागेको नेपाल बार एशोसिएनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए।  

उनका पति र दुई छोरा छन्। उनका पति प्रोफेसर मानिकलाल श्रेष्ठ हुन्। एक छोरा जर्मनीमा डाक्टर छन्। जर्मनीमा भएका छोरा आउन सम्भव नभएपछि आजै दाहसंस्कार गर्न लागिएको पारिवारिक स्रोतले जनाएको छ।  

 

 

 

 

प्रकाशित: १० जेष्ठ २०७७ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App