coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरको मालपोत आसपास सिल

शुक्रबार कोरोना पुष्टी भएकी भक्तपुरकी ४२ वर्षीय महिला जनप्रतिनिधि बस्ने भक्तपुरको कमलविनायक नजिकको मालपोत क्षेत्र प्रहरीले सिल गरेको छ । भक्तपुर नगरपालिका वडा नं ९ की महिला वडा सदस्यलाई कोरोना भएको पुष्टी भएपछि त्यो क्षेत्रलाई प्रहरीले सिल गरेको हो । शुक्रबार स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा भक्तपुर नगरपालिका वडा नं ९ निवासी महिलामा कोरोना पुष्टी गरेको थियो ।  

भक्तपुरमा हालसम्म चार जना कोरोना सक्रमित भेटिएका छन् । जनप्रतिनिधिमा भएको यो पहिलो संक्रमण हो । यसअघि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलस्थित काठमाडौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना संक्रमण देखिएको थियो । उनी भक्तपुरको तश्रो संक्रमित तर पहिलो स्थानीय थिए । यसअघि जिल्लामा वस्ने दुई जनामा कोरोना संक्रमण भेटिएको थियो । तर उनीहरु हिजो शुक्रबार अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका  थिए ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App