१९ जेष्ठ २०७७ सोमबार
समाज

बन्दाबन्दीको समयमा गाउँमा बिजुली

बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ। शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेकी हुँन्।

वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवर्द्धनअधिकारीले जानकारी दिए। कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उनले बताए।  

हालसम्म वडा नं ३ मा ९९ प्रतिशत घरमा बिजुली बलिसकेको वडाध्यक्ष अधिकारीले बताए। असार मसान्तसम्म शतप्रतिशत घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ काम गरिरहे पनि बन्दाबन्दीले विद्युत् विस्तारमा समस्या सिर्जना भएको बताए। गाउँमा पहिलोपटक विद्युत् पुगेपछि स्थानीयवासी खुशी छन्।

प्रकाशित: १० जेष्ठ २०७७ ०९:३० शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App