२८ असार २०७७ आइतबार
समाज

तीनहजार श्ययाको क्वारेन्टिन बनाइने

बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन्। भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। भारत तथा सीमापारीका नेपालीको पालिकास्तरीय तथ्याङ्क सङ्कलनसमेत गरिने भएको छ।

जिल्लामा हाल एक हजार ९०५ श्यया (बेड)का क्वारेन्टिन र ३२ आइसोलेसनकक्ष छन्। एक स्थानीय तहमा कम्तीमा पाँच श्ययाको आइसोलेशन र जिल्लाभरी कम्तीमा क्वारेन्टिन तीन हजार श्ययाको पुर्‍याइने निर्णय भएको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले खटाएका तीन चिकित्सकको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्नेसमेत निर्णय भएको उनले बताए।  

बैतडीका क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलनका लागि गएका पत्रकारको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहजीरकण गर्दै शव परीक्षण गर्नुपर्ने वा कोरोना प्रभावित बिरामीको ओसारपसारमा सहजता प्रदान गर्न वा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक सवारी साधन परिचालन र व्यवस्थापनको जिम्मा जिल्ला समन्वय समितिलाई दिने निर्णय पनि भएको छ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App