८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा जनप्रतिनिधिमा कोरोना देखिएपछि मालपोत एरिया सिल

शुक्रबार कोरोना पुष्टि भएकी भक्तपुरकी ४२ वर्षीया महिला जनप्रतिनिधि बस्ने भक्तपुरको कमलविनायक नजिकको मालपोत क्षेत्र प्रहरीले सिल गरेको छ। भक्तपुर नगरपालिका वडा नं ९ की महिला वडा सदस्यलाई कोरोना भएको पुष्टि भएपछि त्यो क्षेत्रलाई प्रहरीले सिल गरेको हो। शुक्रबार स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा भक्तपुर नगरपालिका वडा नं ९ निवासी महिलामा कोरोना पुष्टि गरेको थियो।  

भक्तपुरमा हालसम्म चार जना कोरोना सक्रमित भेटिएका छन्। जनप्रतिनिधिमा भएको यो पहिलो संक्रमण हो। यसअघि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलस्थित काठमाडौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना संक्रमण देखिएको थियो। उनी भक्तपुरको तश्रो संक्रमित तर पहिलो स्थानीय थिए। यसअघि जिल्लामा वस्ने दुई जनामा कोरोना संक्रमण भेटिएको थियो। तर उनीहरु हिजो शुक्रबार अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका  थिए। 

प्रकाशित: १० जेष्ठ २०७७ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App