coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाराका ६ संक्रमित भारतबाट आएका थिए

सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरूको स्वाब परिक्षणको लागि संकलन गर्दे स्वास्थ्यकर्मी। तस्बिर : नागरिक

सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। शुक्रबार पुष्टि गरिएको ६ जनासँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ । यस अघि पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो।

एक हप्ता अघि भारतको बिभिन्न शहरहरूबाट फर्केर आएकाहरू मध्ये ६ जना कोरोनाबाट संक्रमित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सिम्रौनगढ नगरपालिकाको कंकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका मध्ये ६ जनामा कोरोना भाइरस भाइरसबाट संक्रमित भएको जानकारी आएको बताएका छन्।

कोरोनाबाट संक्रमित भएकाहरूलाई सिम्रौनगढबाट कलैया अस्पतालमा ल्याएर थप उपचार गर्न लागिएको  प्रजिय पण्डितले बताए।

नयाँ थपिएका संक्रमितहरू सिम्रौनगढ नगरपालिका १ ,  २ , ७  र ११ वडाका बासिन्दा रहेका र  यिनीहरू मध्ये तीन जना मुम्बई, दुई जना दिल्ली र एक जना हरियाणबाट फर्केको  सिम्रौनगढ  नगरपालिका प्रमुख बिजयशंकर यादवले बताएका छन्।

दुई दिन अघि बुधबार मात्रै क्वारेन्टिनमा रहेको एक सय दुई जना मध्ये ५० जनाको  कोराना परिक्षणको लागि स्वाब संकलन गरेर काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइको प्रमुख यादवले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले शुक्रबार बेलुका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको उनले बताए । कोरोना संक्रमण देखिएकाहरू भारतको बिभिन्न सहरबाट आएको उनको भनाइ छ।

बिगत केही दिनको अन्तरालमा भारतको बिभिन्न सहरबाट घर फर्किनेहरूको संख्या बढदै गएपछि उनीहरूलाई सिमा नाकाबाट नै क्वारेन्टिनमा ल्याएर राखिने कार्यलाई प्राथमिकता दिएको उनले बताए।

प्रकाशित: ९ जेष्ठ २०७७ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App