coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कारोना संक्रमितको उपचारमा सजिलोको लागि २ नगरपालिकाले एम्बुलेन्स किन्दै

कपिलवस्तु  

कोरोना संक्रमित बिरामीको उपचारमा  सहजताका लागि कपिलवस्तुको २ पालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । शिवराजन नगरपालिकाले एकै पटक ३ र कपिलवस्तु नगरपालिकाले एक वटा एम्बुलेन्स खरिद गर्नै भएको हो । संक्रमित बढे पछि उनीहरुलाई आइसोलेसन सेन्टर अस्पतालमा पुर्याउनको लागि एम्बुलेन्स खरिद गर्न लागिएको हो । तत्कालका लागि दुबै नगरपालिकाले एक एक एम्बुलेन्स भाडामा लिने तयारी गरेका हुन । 

शिवराज नगरपालिकाले कोरोना संक्रमितको उपचारलाई मध्यनजर गर्दै सगरमाथा वेलफेर सोसाइटीसंग मासिक ३० हजार भाडा तिर्ने गरी एम्बुलेन्स भाडामा लिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए  । पौडेलले ३ वटा एम्बुलेन्स किन्नका लागि टेन्डर समेत निकालिएको बताए । एउटा प्रदेश र वटा नगरपालिकाको आन्तरिक बजेटबाट खद्यि गरिने उनले बताए।

 कोरोनोका महामारीमा एम्बुलेन्सको अभाव भएकाले खरिद प्रक्रिया अघि बढाईएको उनले बताए । वडा नम्बर १, ३ र ९ वडामा मा एम्बुलेन्स राखिने उनले बताए । उता कपिलवस्तु नगलकाका प्रशासकीय अधिकृत चिरंजीवी सापकोटाले एम्बुलेन्स खरिदका लागि बिहिबार वोर्ड बैठकबाट निर्णय भएको बताए । तत्कालका लागि भाडामा एम्बुलेन्स संचालन गरिने उनले बताए ।  

प्रकाशित: ९ जेष्ठ २०७७ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App