coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धनकुटा बजारको सिल खुलाईयो

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि चारदिन अघिदेखि सिल गरिएको धनकुटा अस्पताल आसपासका क्षेत्र शुक्रबारबाट खोलिएको छ । धनकुटा जिल्लास्तरीय कोभिड १९ कमाण्ड फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केशबप्रसाद विमलीको अध्यक्षतामा बसेको बैठकले अस्पताल परिसर वाहेक बजार क्षेत्रमा लगाएको सिल हटाइएको कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए । 

त्यस्तै धनकुटा अस्पताल आइतबारदेखि सञ्चालन गरिने भएको छ । गत जेठ ४ गते स्वास्थ्यकर्माीमा कोरोना संक्रमण पुष्टि भएसंगै अस्पतालबाट दिदै आएको सम्पूर्ण सेवा बन्द गरिएको थियो । शनिबार अस्पताल क्षेत्रलाई पूर्णरुपमा सेनिटाइजर निर्मलिकरण गरेर आइतबारदेखि सञ्चालनमा ल्याइन्ने कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए । 

आइतबार विशषज्ञ र स्वास्थ्यकर्मीको टोली आएपछि सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण भएका व्यक्तिको परिवार र बाहिरि जिल्लाबाट आएका ८४ जनाको पिसिआर टेस्टको लागि स्वाब संकलन गरी परिक्षण गर्न पठाइएको छ । उनीलाई रिर्पोट नआएसम्म क्वारेन्टिानमा राखेको छ । धनकुटा जिल्लामा २१६ जना क्वारेन्टिानमा बसिरहेका कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी श्रेष्ठले बताए धनकुटामा कोरोन संक्रमण बढ्न थालेपछि छिमेकी जिल्लासँग जोडिएको नाका बन्द गरिएको छ । 

अनुमति लिइ आउने सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गरिरहेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जानकारी दिएको छ । धनकुटामा दुइजना सुरक्षाकर्मी, ४ जना सस्थ्यकर्मी र एकजना स्वस्थ्यकर्मीको परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App