coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकल महिला मृत फेला

घाँटी थिचेर हत्या गरेको आशंकामा छिमेकी युवा पक्राउ

खोटाङ

खोटाङमा एकल महिला घरैमा मृत फेला परेकी छन् । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीय एकल महिला रत्नकुमारी राई शुक्रबार बिहान मृत फेला परेकी हुन् । दुई छोरीको बिवाह भइसकेको र श्रीमानको मृत्यु भइसकेको अवस्थामा एक्लै बस्दै आएकी राईको शव घाँटीको दायाँ साइडमा सामान्य चोट लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकल महिलाको हत्या गरेको आशंकामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए ।  

शुक्रबार बिहान ९ बजे एकल महिला मृत फेला परेको विषयमा प्रहरीलाई जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिमपानीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । महिलाको राती १० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महिलाको शव पोष्टमार्टमका लागि जन्तेढुंगा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने तयारी भइरहेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।  

शुक्रबार बिहान सिमपानीतर्फ जाँदै गर्दा अभियुक्तलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो । उनले प्रहरी सामु ‘मान्छे मारेर आएको’ भनेको अध्यक्ष राईले बताए । सिमपानी जानेक्रममा उनले बाटोमा रक्सी पिएर हिँडेको बुझिएको छ । प्रहरीले वडासदस्य अर्जुन राईलाई खबर गरेपछि मान्छे हेर्न पठाउँदा महिला मृत अवस्थामा फेला परेकी थिईन् । घट्नास्थलमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझी लगायत पुगेका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App