२३ जेष्ठ २०७७ शुक्रबार
समाज

बाँकेका पहिलो संक्रमितसहित २१ जना निको भएर घर फर्कदै

नेपालगन्जका पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जना निको भएर आज घर फर्किएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालबाट कोरोनालाई जितेर नेपालगन्जको वडा ७ का ६० वर्षिय वृद्धसहित वडा नम्बर ८ का २० जना आज डिस्चार्ज भएका हुन् । उनीहरु सबैको मनोबल उच्च भएका कारण कोरोनालाई जित्न सफल भएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताएका छन् ।  

नेपालगन्जमा बैशाख १९ गते पहिलो संक्रमित पुष्टि भएको थियो भने २३ बैशाखमा २२ जनामा कोरोना पुष्टि भएको थियो । पहिलोे संक्रमित भेटिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न पुगेको थियो । जसले गर्दा नेपालगन्जमा मात्रै नभएर बाँके र छिमेकी जिल्लामा समेत त्रासको वातावरण सिर्जना भएको थियो । 

प्रकाशित: ९ जेष्ठ २०७७ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App