coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालकको मृत्यु

कपिलवस्तु नगरपालिका ११ जहदीको रेहरा स्थित माछा पोखरीमा ढुबेर अढाई बर्षिय जुम्लीया बालकको मृत्यु भएको छ । बिहीबार साझ साढे ५ बजेतिर घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो । वडा अध्यक्ष रामगोपाल यादवका अनुसार स्थानीय करिम शेषका जुम्लीया छोरा नसिफ र रैयानको पोखरीमा डुबेर मृत्यु भएको हो । 

दुबै जना खेल्दै पोखरीमा गएको र अकस्मात पोखरीमा डुबेका हुन् । पोखरीमा शव तैरीरहेको अवस्थामा देखेपछि गाउमा होहल्ला भएको थियो । स्थानीयले दुबैलाई पोखरीबाट बाहिर निकालेका थिए । रमजानको बेला घरका परिवारहरू धार्मिक कार्यमा जुटीरहेको बेला ती दुई बालक पोखरीमा खेल्दा खेल्दै पुगका थिए । 

इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक आयुष प्रसाद जोशीले घटना स्थलको मुचुल्का गरी पोष्टमार्टकालागि तौलिहवा अस्पताल पठाईएको बताए । रमजानको बेला दूइ बालको मृत्यु भए पछि रहरा गाउ नै शोकमग्न भएको छ । शुक्रवार रमजानको अलबिदा नबाज पढने दिन हो । 

प्रकाशित: ८ जेष्ठ २०७७ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App